Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ नव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे कोरोना भाइरस टास्क फोर्स, मास्क लगाउन अपिल

नव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे कोरोना भाइरस टास्क फोर्स, मास्क लगाउन अपिल


काठमाडौं, अमेरिका । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गर्नुभएको छ । अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम मास्क नै भएको भन्दै टेलिभिजन सम्बोधन मार्फत सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न बाइडेनले आग्रह गर्नुभएको हो ।

चुनावी अभियानका क्रममा पनि बाइडेनले लगातार मास्क लगाउन आग्रह गर्दै आउनुभएको थियो । निर्वाचित राष्ट्रपतिका रुपमा समेत उहाँले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गर्नुभएको हो । बाइडेनले भन्नुभएको छ, अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेकोले सबै सचेत हुनुपर्छ । कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने दाबी गर्नुभएका नव निर्वाचित राष्ट्रपति बाइडेनले आफ्नो टास्क फोर्स समेत घोषणा गर्नुभएको छ । विज्ञानलाई मान्ने बताएका छन् ।

बाइडेनले अन्तरिम अवधिका लागि काम सुरु गरे पनि चुनावको नतिजा स्वीकार गर्न तयार नभएका ट्रम्पले अदालतमा विभिन्न मुद्दा दायर गरेका छन् । उहाँले चुनावमा धाँधली भएको आरोप लगाए पनि अहिलेसम्म ठोस प्रमाण भने भेटिएको छैन । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आउनुभएको छ । बाइडेन देशव्यापी रुपमा ट्रम्प भन्दा ४५ लाख भन्दा बढि मतले अघि रहनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसले अन्तरिम कालका लागि वेबसाइट पनि तयार पारिसकेका छन् । अन्तरिम कालका लागि जनरल सर्भिस एड्मिनिस्ट्रेसन नामक संघीय एजेन्सीको सहयोग चाहिन्छ । तर ट्रम्पले नियुक्त गरेका सो एजेन्सीका प्रमुखले सहकार्यको सुरुवात कसरी हुने छ भन्ने अहिलेसम्म कुनै जानकारी गराएका छैनन ।

बाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गर्नुभएको छ । कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ४२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट अमेरिकामा दुई लाख ४४ हजार भन्दा बढिको ज्यान गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6