Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड भ्याक्सिन : ९० प्रतिशत सुरक्षा दिलाउने पहिलो भ्याक्सिनको प्रारम्भिक आँकलन

कोभिड भ्याक्सिन : ९० प्रतिशत सुरक्षा दिलाउने पहिलो भ्याक्सिनको प्रारम्भिक आँकलन


काठमाडौं, लन्डन । कोरोना भाइरस विरुद्धको पहिलो खोपले ९० प्रतिशत सुरक्षा दिलाउन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले विभिन्न अध्ययनका नतिजा सार्वजनिक गर्दै यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका हुन् । उनीहरुले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिए र सुरक्षा सम्बन्धी कतै केही समस्या नपाइएको उल्लेख गरिएको छ ।

कम्पनीले यही महिनाको अन्त्यमै आपत्कालीन प्रयोगका लागि स्वीकृति माग्न निवेदन दिने जानकारी गराएको छ । खोपसहित उचित उपचार विधि नै विश्वभरका सबै मानिसहरुलाई हालका बन्देजबाट बाहिर निकाली सामान्य जीवनमा फर्काउने सबै भन्दा उत्तम तरिका भएको स्वास्थयविद्हरुले बताउँदै आएको समयमा सफलता उन्मुख देखिएको यो खोपले धेरैलाई आशावादी बनाएको छ । अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरु परीक्षणको अन्तिम चरणमा रहेपनि फाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ । यसले अन्य खोप भन्दा भिन्दै किसिमको अनुसन्धानात्मक विधि अपनाएको छ जसमा भाइरसको ‘जेनेटिक कोड’ को केही हिस्सा व्यक्तिलाई सुइ लगाएपछि त्यसै मार्फत शरीरको प्रतिरोधात्मक प्रणालीले यससँग लड्ने अभ्यास गरिरहनेछ । तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको बताइएको छ ।

फाइजरका अनुसार यसले यो वर्षको अन्त्य सम्ममै ५ करोड डोज आपूर्ति गर्न सक्छ भने २०२१ को अन्त्यतिर १.३ अर्ब भन्दा बढी उपलब्ध गराउन सक्नेछ । तर यसमा एउटा ठूलो चुनौति रहेको छ । यो खोपलाई ‘माइनस ८० डिग्री’ भन्दा कम तापमानको अधिक चिसोमा स्टोर गरि राख्नुपर्ने हुन्छ । अर्कोतर्फ यसबाट प्राप्त इम्युनिटी कतिन्जेलसम्म रहन सक्छ भन्ने प्रश्नको उत्तर खोज्न बाँकी नै छ । फाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, “हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।” बायोएनटेक कम्पनीका संस्थापकले पनि यो उपलब्धीलाई मानव इतिहासकै कोसेढुङ्गा बताएका छन् । बेलायतले यो खोपको ३ करोड डोज पहिले नै अर्डर गरिसकेको छ ।

नेपालले जीटुजी माध्यमबाट खोप खरिद गर्ने
सोमबारको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सरकारले जी टु जी (सरकारसँग सरकारले) माध्यमबाट खोप खरिद् गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । यसको समन्वय भने परराष्ट्र मन्त्रालयले गर्नेछ ।
श्रोत : बीबीसी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6