Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको अन्नपूर्ण सर्किट विश्व चर्चित ट्राभल साइट लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा

नेपालको अन्नपूर्ण सर्किट विश्व चर्चित ट्राभल साइट लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा


काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश गरेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किट यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा परेसँगै कोभिड–१९ ले धारासायी भएको पर्यटन क्षेत्रले केही राहत पाउने आशा गरिएको छ ।

साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गर्दै अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने भनिएको छ । अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा अन्नपूर्णलाई राख्न सुझाब दिएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित क्षेत्र हो ।

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेका छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको हिमाल अन्नपूर्ण हो । अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटेर हिमाली गाउँमा जोडिने यो पदयात्रामा दश दिन समय खर्चिनुपर्ने हुन्छ । घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज परेका छन् ।

लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । यसमा परेका पर्यटकिय गन्तब्यले विश्वभर चर्चा पाउनुका साथै पर्यटकहरुको रोजाईमा पर्ने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6