Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआर्थिक बर्ष २०७६\०७७ मा ११ अर्ब ३९ करोड बेरुजु, विकास निर्माणको गती सुस्त

आर्थिक बर्ष २०७६\०७७ मा ११ अर्ब ३९ करोड बेरुजु, विकास निर्माणको गती सुस्त


काठमाडौं । आर्थिक वर्ष २०७६\०७७ मा कूल ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु भएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको आन्तरिक लेखापरीक्षणमा यो बेरुजु देखिएको हो ।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनुसार बेरुजु रकम कूल बजेट निकासा र खर्चको तुलनामा १.०४५ देखिएको छ । आव २०७६\०७७ मा नेपाल सरकारका कूल तीन हजार १७६ कार्यालयको विभिन्न १४ हजार ३६८ कार्यक्रमको आन्तरिक लेखापरीक्षणको कार्य सम्पन्न गरेको पाइएको छ । एकीकृत प्रतिवेदन अनुसार कूल निकासा र खच १० खर्ब ९३ अर्ब ५५ करोड ६३ लाखको आन्तरिक लेखापरीक्षण पाइएको छ ।

आव २०७६\०७७ मा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएको छ । जहाँ चार अर्ब २२ करोड ४२ लाख बेरुजु छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक अर्ब ८४ करोड चार लाख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक अर्ब ५२ करोड दुई लाख, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा ६० करोड ६ लाख बेरुजु पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6