Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपालीको बेईज्जत गर्ने तथ्यहिन कन्फेसनमाथि नेपाल प्रहरीको छानबिन

अष्ट्रेलियाका नेपालीको बेईज्जत गर्ने तथ्यहिन कन्फेसनमाथि नेपाल प्रहरीको छानबिन


पुण्य धमला/ काठमाडौं । कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया नामको पेजले झुठो र कपोकल्पित कुरालाई प्रचार गरि सिंगो नेपाली समाजको बेइज्जत गर्ने काम गरिरहेको बारे नेपाल प्रहरीको समेत गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल ट्युवले गरेको एक अनुसन्धानले उक्त कन्फेसन नामक पेजमा जसले जे लेखेर पठाए पनि पोष्ट हुने तथ्य फेला परेको थियो ।

एउटा अमुख फेसबुक पेजले कन्फेसनको नाममा वर्षौदेखि नेपालीको चिरहरण गरिरहेको भन्दै अष्ट्रेलियाका नेपाली समाज, गैरआवासिय नेपाली संघ तथा राजदूतावासको गम्भीर ध्यानाकषर्ण भएको र नेपालबाट समेत यसका गिरोह सक्रिय भएको तथ्य बाहिरिएपछि नेपाल प्रहरीको पनि ध्यानाकर्षण भएको  प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताउनुभयो | प्रवक्ता कडायतले सामाजिक सञ्जाल वा फेसबुक पेज जुनकुनै नाममा समाजमा वितृष्णा फैलाउने र व्यक्तिको मानमर्दनमा आँच पुग्ने काम भएपनि कारबाहीको दायरामा ल्याईने बताउनुभयो । नेपाल प्रहरीको साइबर ब्युरोलाई समेत यसबारे जानकारी गराएर अनुसन्धान गर्ने बताउनुभयो । नेपाल प्रहरीले यसबाट पीडित भएकाहरुलाई सम्पर्कमा आएर समाजमा अफवाह र वितृष्णा फैल्याउने बिरुद्धको अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ । अष्ट्रेलियामा यो पेज आधिकारिक रुपमा दर्ता नभएकाले समेत नेपाल प्रहरीले नेपाली समुदाय र युवतीलाई मानमर्दन गर्ने गतिविधि माथिको अनुसन्धानलाई विशेष चासो दिएको छ ।

केही दिन अघि नेपाल ट्युबले प्रकाशित गरेको खोजमूलक समाचार सामाग्रीपछि अष्ट्रेलियाको नेपाली समाजबाट समेत  व्यापक प्रतिक्रिया आएको थियोे । केही वर्षदेखि कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया भन्ने अमुख फेसबुक पेजले अष्ट्रेलियामा बस्ने नेपाली समाज, चेलिबेटी तथा अभियन्ताको मानमर्दन हुने गरी आधारहिन पोष्टहरु गर्दै आइरहेको बारे अष्ट्रेलियाका अधिकारकर्मी,कानुन व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी लगायतका सबै पेशाकर्मीले चासो व्यक्त  गरेका छन् । यो कुरा नेपाली समाजको टाउको दुखाई बनेपनि खासै नियन्त्रण तथा नियमनको प्रयास भने हुन सकेको छैन । संचालक र संचालन हुने स्थानको विवरण नभेटिएको उक्त पेजले जे पायो त्यहि लेखेको बारे नेपाल प्रहरीको अनुसन्धान भने तथ्यपरक र त्यसमा संलग्नसम्म पुग्नेगरि हुने बताइएको छ ।

समाजमा चिनिएकै व्यक्तिहरुले नै यो पेजमा छापिएका आधारमा आफुले पीडित भनिएकाहरुलाई सम्पर्क गर्न खोजेपनि नभेटिएको प्रतिक्रिया दिएका छन् । त्यस्तै यस्तो प्रवृत्तिले झागिदै गरेको नेपाली समाजलाई एकिकृत गर्नुको साटो समाजमा घृणा फैलाएर विभाजनतिर लैजाने सामाजिक अगुवाहरुको धारणा छ । कन्फेसनका नाममा पोष्ट भएका अधिकांश विवरणमा नारी चरित्रलाई निकै तल्लो स्तरमा गाली गरिएको तथा महिलालाई केवल बस्तुको रुपमा मात्रै चित्रण गरि जे गरेपनि हुन्छ भन्ने विचारलाई प्राथमिकता दिइएको छ ।

पेजको गतिविधि  बारे हाम्रो अप्रेसन
जसले जे लेखेर पठाएपनि बिना कुनै जाँच र भेरिफाइ बिनै पोष्ट गरिदिने भएपछि यो पेजलाई मानिसहरुले रिस साध्न, महिला र सामाजिक अभियन्ताको बेइज्जत गर्न र सिंगो नेपाली समाजको मानमर्दन गर्न दुरुपयोग हुन थालेको छ ।
उक्त पेजको परिचयमा भनिएको छ –अन्त कतै भन्न नसकिएका आफ्ना समस्यालाई परिचय नखुलाइ पोष्ट गर्नुस । यो पेजमा कन्फेसन अर्थात स्विकारोक्ती गरेपछि अरुलाई सहयोग पुग्ने, शान्त बनाउने र केही हासो ल्याउन पेजले सहयोग गर्ने दाबी गरेको छ । तर, वास्तविकतामा भने यो पेजले झुठो र कपोकल्पित सुचना पोष्ट गरेर मानिसलाई शान्त होइन कि बरु उल्टै तनाव सृजना गरिदिएको छ ।

कन्फेसन नामक उक्त पेजमा कस्ता कस्ता सुचना छापिदो रहेछ भनेर हामीले पनि कन्फेसर अर्थात स्विकार गर्ने व्यक्ति बनेर पेजलाई नाटकिय कन्फेसन पठायौ । पेजमा उपलब्ध नेपसाइडर्स डट कम गएपछि कन्फेसन लेख्न गुगल फारम भेटिन्छ । हामीले पनि यसअघि पेजमा पोष्ट भइरहने गाली गौलज, यौन, महिला जस्ता विषयमा नै आधारित रहेर नाटकिय कन्फेसन लेख्यौ । एउटा मात्रै नभएर हामीले लेखेका हरेक कुरा हुबहु आए ।

अष्ट्रेलियाको सिंगो नेपाली समाज, विभिन्न पेसाकर्मी र अष्ट्रेलियास्थीत नेपाली नियोगले समेत यो पेजका अपाच्य गतिविधिमा चासो राखेका छन् ।  तथ्य, सत्यबारे कतै सोधिखोजी नगरि प्रकाशित विषयवस्तु आउने यो पेज र यसका सञ्चालक अब भने छिट्टै कानुनी दायरामा आउने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6