Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतीय र अमेरिकी राजदूतले दिए तिहार र नेपाल संवदको शुभकामना

भारतीय र अमेरिकी राजदूतले दिए तिहार र नेपाल संवदको शुभकामना


काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै – ‘दाजु–बहिनी, दीदी–भाईबीचको सम्बन्ध अझ प्रगाढ बनोस्, माता लल्क्ष्मीको आशिर्वाद मिलिरहोस्’ भन्दै सबै नेपालीमा शुभकामना दिनुभएको छ ।

यस्तै, अमेरिकी राजदूत रेन्डी बेरीले भाईटीका तथा नेपाल सम्बत् ११४१ अवसरमा सबै नेपालीमा शुभकामना दिनुभएको छ । ट्वीट गर्दै उहाँले ‘दाजुभाइ दिदीबहिनी बिच सद्भाव र प्रेमको पर्व भाईटीकाको अवसरमा तपाईंको परिवारमा आत्मीयता बढोस् र सबैजनाले सुरक्षित तरीकाले पर्व मनाउन सक्नुहोस् भन्ने शुभकामना दिनुभएको हो ।

यस्तै ट्वीटमै उहाँले ‘ह्याप्पी न्यू इयर ११४१ न्हूदँया भिन्तुना’ भन्दै नेपाल संवदको समेत शुभकामना दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6