Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेन नजिकै फार्ममा काम, हप्ताकै १५ सय दाम

ब्रिजवेन नजिकै फार्ममा काम, हप्ताकै १५ सय दाम


ब्रिजवेन
कोरोनाले विश्वकै अर्थतन्त्र धरमराएको बेलामा थोरै मेहनत गर्ने हो भने अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीले आफ्नो खल्ती भने दरो बनाउन सक्छन् ।
अष्ट्रेलियाको कृषी क्षेत्रमा फलफुल रोप्नेदेखि टिप्नेसम्मको काममा युरोपबाट घुम्न आएका ब्याकप्याकर पर्यटकको बाहुल्यता थियो । तर, कोरोनाका कारणले अधिकांश स्वदेश फर्किएका तथा नयाँ पर्यटक नआएकाले यतिबेला अष्ट्रेलियाको कृषी क्षेत्रमा कामदारको अभाव खड्किएको छ । कृषकहरुले तलब बढाएरै भएपनि अन्य भिषामा रहेका तथा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई फार्ममा तान्न जोडबल गरिरहेका छन् । यहि मौकाको सदुपयोग गर्ने हो भने नेपाली विद्यार्थीले छोटो समयमा पनि राम्रै आम्दानी गर्न सक्छन् ।

ब्रिजवेन नजिकै हप्ताको १५ सय

कृषी फार्ममा काम गर्न टाढा जानुपर्छ भन्ने मान्यता छ । तर, कुइन्सल्याण्डमा ब्रिजवेन नजिकै कबुल्चर भन्ने स्थानमा यतिबेला हप्ताको १५ सयसम्म कमाउने गरि कृषी फार्मको जागिरको अवसर खुलेको छ । कुइन्सल्याण्ड फर्म मेनेजमेन्ट ट्रेनिङ एजेन्सीले हप्ताकै १५ सय देखि ३ हजारसम्म कमाउने अवसर सहित ३ सय कामदार माग गरेको छ । नेपालट्युबसंग कुरा गर्दै एजेन्सीका कार्यविभाग प्रमुख रोड्नी प्रसियाले अनुभव नभएकाहरुलाई पनि केही दिन प्रशिक्षण दिएर काममा लगाइने हुनाले सजिलैसंग हप्ताको १५ सय डलर कमाउन सकिने बताउनुभयो । ‘अनुभव नभएकाहरुले धेरै पैसा कमाउन नसक्ने भएकाले, केही दिन काम गरेपछि छोड्नेहरुको संख्या धेरै छ’- प्रसियाले भन्नुभयो -”त्यसैले हामी पहिले तालिम दिन्छौ अनि मात्रै काममा लगाउछौ ।’ तालिमको बेलामा समेत पैसा आउने तथा केही दिनमा नै काम सिक्ने भएकाले पहिलो हप्तादेखि नै एक हजार डलरभन्दा बढी कमाउन सकिने प्रसियाको भनाई छ ।  कलेज बिदाको छोटो समयमा मनग्य आम्दानी गर्न फार्मको काम निकै आकर्षक मानिन्छ ।

फार्ममा रासबेरी टिप्दै एक कामदार Photo- QFMT facebook

प्रसियाका अनुसार हाल कबुल्चर क्षेत्रमा रहेका ५ वटा फार्ममा स्ट्रोबेरी, रासबेरी र ब्लुबेरी टिप्नका लागि कामदार चाहिएको हो । यो सिजनमा १ हजार कामदार चाहिने भएपनि कोरोनाका कारण निकै कम मात्र कामदार रहेको प्रसियाको भनाई छ । नेपाली पृष्ठभूमिका विद्यँर्थीहरुलाई काममा राख्न आफु आतुर भएको पनि प्रसियाको भनाई छ ।
कृषी फार्ममा पैसा कमाउन सकिदैन भन्ने मान्यतालाई नकार्दै कार्यविभाग प्रमुख रोड्नीले हालै मात्रै आफ्नो फार्ममा आएका ४ जना मलेसियन विद्यार्थीले हप्ताकै १५ सय डलर कमाउन थालिसकेको बताउनुभयो । विहान ५ बजेदेखि दिउसो १२ बजेसम्म ६ दिन काम गर्दा उनीहरुले हप्ताकै १५ सय डलर कमाउन सफल भएको उहा“को भनाई थियो ।
कामदार अभाव भएपछि कृषकहरुले यसअघि दिदै आएको पारिश्रमिक दर पनि बढाएकाले यतिबेला फार्ममा कामगर्नेले मनग्य कमाउने सकिने रोड्नीको भनाई छ । रोड्नीले आफ्नो एजेन्सीले कबुल्चर लगायत, सनसाइन कोष्ट र तास्मानियामा पनि कामदार खोजीरहेको बताउनुभयो । रोड्नीको एजेन्सीमा काम गर्नका लागि farmwork@qfmt.com.auमा इमेल गर्न सकिने बताइएको छ । इमेल पठाउने बित्तिकै इच्छुक कामदारलाई सम्पर्क गरिहाल्ने रोड्नीको भनाई छ । कोभिडको बेलामा काम नपाएर भौतारिनु भएको छ भने ब्रिजवेन नजिकैको फार्ममा मनग्य कमाउने सकिने अवसरको सदुपयोग गर्नुहोला ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6