Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको अधिबेशन जुम मार्फत, कस्ले के–के भने ?

एनआरएनए अष्ट्रेलियाको अधिबेशन जुम मार्फत, कस्ले के–के भने ?


ब्रिजबेन, अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको बार्षिक साधारण सभा कोरोना महामारिका कारण पहिलो पटक जुभ बैठक मार्फत आयोजना भएको छ । विहान १० बजेबाट सुरु भएको बैठकको उद्घाटन सत्रमा बोल्दै गैह्र आवासीय नेपाली संघ एनआरएनएका प्रमुख संरक्षक शेष घलेले एनआरएनए अष्ट्रेलियाले नेपाली समूदाय र विद्यार्थीलाई महामारिको समयमा दिएको साथ सहयोगका लागि प्रशंसा गर्नुभएको छ ।

अष्ट्रेलियामा रहेको सिंगो नेपाली समूदायसँगै अष्ट्रेलिया र नेपालका लागि समेत उदाहरणिय काम गरेको संगठनले आर्थिक, सामाजिक सबै हिसाबले पारदर्शी काम गरेर सिंगो एनआरएनलाई उदाहरण प्रस्तुत गरेको उहाँको दाबी थियो ।शसक्त संगठन, पारदर्शी आर्थिक गतिबिधि समस्यामा परेकालाई दिएको साथ सहयोगको तत्परताका कारण एनआएरएन अष्ट्रेलिया सबैका लागि प्रशंसनिय बनेको घलेले बताउनुभयो । उहाँले संगठनलाई थप बलियो र आर्थिक रुपमा सम्पन्न बनाउन लाईफ मेम्बर लगायतको न्यूनतम शुल्क तोकेर क्षमता अनुसार स्वइच्छाले लिने वा खुल्ला राखेर लिने भन्नेबारे स्पष्ट हुनुपर्ने समेत धारणा राख्नुभएको थियो । उहाँले सकारात्मक सोचेर, सेवाभावले अघि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अधिबेशन सफलताको शुभकामना दिदै बजेट पेश र नीतिगत कार्यक्रम भन्दा पनि संस्थाको दिर्घकालिन हितका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कोभिड–१९ को संकटको समयमा एनआरएनए अष्ट्रेलियाले खेलेको भूमिका र साथ सहयोगको खुलेर प्रशंशा गर्दै दूतावास र नेपाल सरकारले समेत उच्च मुल्यांकन गरेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाले नेपाली समूदाय र विद्यार्थीको हक हितका लागि ठूलो मेहनत गरेको भन्दै दूतावासले हरेक खालका साथ सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा गैह्र आवासिय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद आईसिसीका अध्यक्ष कुमार पन्तले कोभिड महामारीमा एनआरएनए अष्ट्रेलियाले खेलेको भुमिकाको प्रशंसा गर्दै अधिबेशन सफलताको कामना गर्नुभएको छ । उहाँले लाखौँ, नेपाली श्रमिकको रोजगारी खोसिएको र हजारौँ विद्यार्थी प्रभावित भएको जानकारी गराउँदै एनआरएनए अष्ट्रेलियाको अझ ठूलो साथ र सहयोगको खाँचो औल्याउनुभयो । पञ्जिकृत सदस्य बाहेक विश्वभर छरिएका नेपाली समूदायको ठूलो सहयोग र साथका कारण एनआरएनएनको गतिविधि र सहयोग विस्तारित भएको भन्दै नेपालमा रोजगारी सिर्जना कसरी गर्ने भन्नेबारे सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । एनआरएनए आईसिसिले समेत आगामी जनवरी २३ र २४ मा विशेष अधिबेशन आयोजना गरेर आर्थिक प्रतिवेदन, विधान संशोधन लगायतको जानकारी गराउने बताउनुभयो । अबको एनआरएनए सम्मेलनलाई आवतजावतका रुपमा खर्चिलो बनाउने भन्दापनि प्रविधिमैत्री बनाएर सम्पन्न गर्ने बारे समेत तयारी भएको जानकारी गराउनुभयो ।

एनआरएन अष्ट्रेलियाको अधिवेशको उद्घाटन समारोहमा आईसिसि उपाध्यक्ष मन केसी, महिला उपाध्यक्ष रवीना थापाले एनआरएनए अष्ट्रेलियाको अधिवेशको सफलताको कामना गर्दै सामाजिक संस्थाको कामकारबाही पारदर्शी र विश्वसनिय हुनुपर्ने धारणा राखेका थिए । एनआरएनए अष्ट्रेलियाले नेपाली समूदाय र नेपाली विद्यार्थीको राहत तथा हक हितमा खेलेको भुमिकाको उनीहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा एनआरएनए क्यानडा, अमेरिका लगायतका विभिन्न राज्यस्तरका एनसीसी अध्यक्ष तथा पदाधिकारीले नेपाली समूदायको एकता सहकार्य र साथलाई बलियो बनाउनुपर्ने भन्दै अधिवेशन सफलताको कामना गरेका थिए ।

उद्घाटन सत्रको समापन गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले सहभागिता र महत्वपूर्ण बिचारका लागि सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले समाजसेवामा विश्वास र पारदर्शीता महत्वपूण हुने भन्दै सिंगो अष्ट्रेलियामा रहेका नेपाली समूदायका साथै नेपाल र नेपालीको हकहितमा क्रियाशिल रहेको जानकारी दिनुभयो । अध्यक्ष कँडेलले नेपाली विद्यार्थी र विभिन्न समूदायका साथै नेपाली नियोग अष्ट्रेलिया सरकारको विश्वास र साथ सहयोग महत्वपूर्ण हुने भन्दै सबैको साथ सहयोगमा सेवाले निरन्तरता पाउने धारणा राख्नुभएको थियो ।

एनआरएन अष्ट्रेलियामा १२ हजार सदस्य रहेका छन् । सन् २००५मा अष्ट्रेलियामा गठन भएको एनआरएन गत वर्षदेखि संघिय संरचना अन्तर्गत एसिकमा दर्ता भएको हो | बोर्ड अफ डाईरेक्टर रहने एनआरएनए अष्ट्रेलियाले हरेक वर्ष साधारणसभा गर्नुपर्ने स्थानीय नियम छ । अध्यक्ष, महासचिव, कोषाध्यक्ष, महिला, युवा र स्टेट संयोजकहरुको प्रतिवेदनमाथी आवश्यक छलफलसँगै पारित गर्ने काम भएपछि अधिबेशन सम्पन्न हुनेछ । आजै साँझ एकेडेमिक एक्सीलेन्स एवार्ड विभिन्न विधामा वितरण गरिदैछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6