Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरात्रिकालिन व्यवसायी तथा कलाकार सडकमा, सरकारसँग यस्तो माग

रात्रिकालिन व्यवसायी तथा कलाकार सडकमा, सरकारसँग यस्तो माग


पुण्यप्रसाद धमला, काठमाडौं । कोभिड–१९ (कोरोना) महामारि रोकथामका लागि गरिएको बन्दाबन्दी खुलेर कतिपय पसल व्यवसायको अवस्था सामान्य बनेको पनि चार महिना पुग्न लाग्यो । तर अझ पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन । बरु रात्रीकालिन व्यवसायलाई मात्रै बन्देज गरेर अर्बैको लगानी र लाखौँको रोजिरोटीमा सरकारले खेलवाड गरेको भन्दै बिरोध प्रदर्शन सुरु भएको छ ।

बजार र पसलमा देखिने भीडभाडले कोरोना हटेको जस्तो अनुभव गराएपनि काठमाडौँ उपत्यकामा देशका अन्य भागको तुलनामा संक्रमणको दर उच्च नै छ । योबीचमा अधिकांश व्यवसायहरु खुल्ला भएको काठमाडौं उपत्यकामा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय भने अझ पनि बन्द छन् । लाखौँलाई प्रत्यक्ष रोजगारी दिएको दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय पर्यटन बोर्ड लगाएका निकायमा पुगेर ध्यानकर्षण गराएका व्यवसायी तथा यसमा आश्रीत श्रमिकहरु अहिले सडक आन्दोलनमा उत्रिएका छन् । विभिन्न चरणका आन्दोलन घोषणा गरेर शान्तिपूर्ण प्रदर्शन गरेका दोहोरी तथा रात्रिकालिन व्यवसायी र यसमा आश्रीत कलाकार तथा श्रमिकले मंसिर २२ गतेसम्म आफूहरुका माग सुनुवाई नभए दोश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंको बिजुली बजारबाट सांस्कृतिक झाँकी नाचगानसहित माइतिघरमा पुगेर ध्यानाकर्षण सभा गरेका व्यवसायीहरुले सरकारले अरु व्यवसायीलाई छुट दिएर रात्रिकालिन व्यवसायमाथी भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनका केही प्रतिनिधि दृश्य हेरौँ ।

लामो समयदेखी रात्रिकालिन व्यवसायमा आवद्ध भएर व्यवसायी तथा श्रमिकको हकहितको क्षेत्रमा समेत काम गर्दै आएका युवा व्यवसायी आशिष खड्काले सरकार तथा सम्बन्धित सबैलाई गराएको ध्यानाकर्षण, शान्तिपूर्ण दबाबमार्फत आफूहरुका माग पुरा नभए सिडियो कार्यालय घेराउ, सिंहदरबार, बालुवाटारसँगै मन्त्री क्वाटर र उनीहरुका निवास घेर्न बाध्य हुने बताए । भोको पेट महिनौँसम्म राज्यलाई सहयोग गरेका व्यवसायी, कलाकार र श्रमिकको समस्यामा गम्भिर हुन सरकार तथा सरोकारवालालाई उनले ध्यानाकर्षण गराउँदै रात्रीकालिन व्यवसायीले मात्रै कोरोना सार्छन भन्ने बुझाइले अचम्बित बनाएको बताए ।

स्वास्थ्य सावधानी लगायतका मापदण्ड पुरा गराएर कर्मचारी र उपभोक्तालाई सुरक्षित बनाउने दायित्वमा गम्भिर भएको भन्दै व्यवसायीले महिनौँ व्यवसाय बन्दा गर्दा तिर्नुपर्ने घर वाहल, श्रमिकको रोजगारी, लगानी सुरक्षाका ज्ञारेन्टी गर्न रात्रिकालिन व्यवसायीको माग थियो । कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय परेको दाबी गर्दै उनीहरुले अव दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग अघि सारेका थिए । रात्रीकालिन व्यवसायमा जोडिएका कलाकारहरुले रोगभन्दा भोकको चिन्ताले पिरोलेको गुनासो गरे ।

व्यवसायीसँगको तथ्यांक अनुसार अहिले देशभर १ हजारको हाराहारीमा रात्रीकालिन व्यवसायहरु छन् । यसमा अर्बैको लगानी छ भने प्रत्यक्ष रोगजारी पाएका ५० हजारसँगको आश्रृत परिवार सदस्यको संख्या नै ५ लाखभन्दा बढी छ । अझ कतिपय कलाकार तथा लोकगायक यही क्षेत्रबाट जन्मिएका छन् । तर सरकारबाट किन रात्रीकालिन व्यवसायी र यसमा आश्रीत श्रमिकमाथीमात्रै किन बिभेद ? लगानीकर्ता तथा कर्मचारीले प्रश्न गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6