Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : एकैदिन १२ हजार ५४६ को मृत्यु, विश्वभर संक्रमितको संख्या ७ करोड नाघ्यो

कोरोना कहर : एकैदिन १२ हजार ५४६ को मृत्यु, विश्वभर संक्रमितको संख्या ७ करोड नाघ्यो


काठमाडौं, एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७ लाख ११ हजार नाघेको हो ।

विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८८ हजार २ सयबाट उकालो लागेको छ । बितेको २४ घण्टामा मात्रै १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ४ करोड ९१ लाख ३९ हजार ५ सयभन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल विश्वमा १ करोड ९९ लाख ८३ हजार ५ सयभन्दाबढी सक्रिय संक्रमित छन् । यीमध्ये १ लाख ६ हजार ७ सयभन्दाबढी गम्भीर बिरामी छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

अमेरिका र भारतमा निरन्तर संक्रमणदर उच्च देखिदा ब्राजिल, इटाली, स्पेन, फ्रान्स, युके लगायतका अधिकांश देश कोरोनाको दोश्रो लहरबाट प्रभावित भएका छन् । जापानमा गम्भिर लक्षणसहितको संक्रमित थपिएसँगै तेश्रो लहर सुरु भएको बताइएको छ ।

फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् भने अमेरिका स्विकृति दिने चरणमा छ । खोपले जोखिम घटाउन सकिने भएपनि नियन्त्रण सम्भव नभएको भन्दै मास्कको प्रयोग, भौतिक दूरीको पालना, सेनिटाइजर, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सावधानीको पालनामा गम्भिर बन्न विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका संग संगठनहरुले आह्वान गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6