Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको असर : ठूलो पर्दाका यी कलाकारहरु म्युजिक भिडियोमा व्यस्त

कोरोनाको असर : ठूलो पर्दाका यी कलाकारहरु म्युजिक भिडियोमा व्यस्त


काठमाडौं । कोरोना भाइरसको महामारीले धेरैको जनजीवन प्रभावित बनाएको छ । महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा समेत ठूलो प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा फेरबदल देखिएको हो ।

लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थालेका छन्। त्यो पनि ठूलो पर्दामा छाएका चर्चित कलाकारहरु पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार अहिले लगातार म्युजिक भिडियोमा व्यस्त छन् । त्यसो त राजेश हमालले अभिनय गरेका म्युजिक भिडियो पनि रिलिज भइरहेका छन अहिले । चर्चित कलाकारलाई म्युजिक भिडियोमा लिँदा म्युजिक भिडियोको समेत हाइट बढ्ने भएपछि म्युजिक भिडियो निर्माताले पनि फुर्सदिला बनेका ठूलो पर्दाका कलाकारलाई लिन थालेका छन् ।

पछिल्लो समय कलाकार तथा मोडल पल शाहले अभिनय गरेका म्युजिक भिडियो सबैभन्दा बढी रिलिज भएका छन् । म्युजिक भिडियोमा महंगो पारिश्रमिक लिने कलाकार पनि उनै हुन् । उनीसँगै नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का लगायत पनि कोरोना कहरकाबीच म्युजिक भिडियोमा जमेका छन् । यस्तै वर्षा शिवाकोटी, आँचल शर्मा, केकी अधिकारी लगायतका चर्चित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिएका छन् । ठूलो पर्दामा डेब्यु गरेकी एजिला गौतम समेत पछिल्ला समयमा म्युजिक भिडियोहरुमा छाईरहेकी छिन् ।

कोरोनाको जोखिम यथावत भएपनि पछिल्लो समय फिल्म निर्माणको घोषणा पनि हुन थालेको छ । केही फिल्मको धमाधम छायांकन भइरहेको छ । यता कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने देखिदा लोकदोहोरी क्षेत्रका रात्रीकालिन व्यवसायमा जोडिएका कलाकारहरु बेरोजगार बनेका छन् । ठूलो पर्दाका कलाकारहरु म्युजिक भिडियोमा देखिने र निर्माताले पनि उनीहरुतिरै ध्यान दिदा म्युजिक भिडियोका कलाकारहरु पलायन हुने अवस्थामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6