Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपशुपतिनाथ मन्दिरमा क्षमा पूजा, बुधबारबाट सबैका लागि खुल्ला

पशुपतिनाथ मन्दिरमा क्षमा पूजा, बुधबारबाट सबैका लागि खुल्ला


काठमाडौं । पशुपतिनाथ मन्दिरमा आज बिहान क्षमा पूजा गरिएको छ । कोरोना महामारिका कारण नौ महिनासम्म भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर क्षमा पूजा गरेर खुल्ला गर्न लागिएको हो ।

प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न रोकिएका कारण क्षमा माग्न पूजा गरिएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि पशुपतिनाथ मन्दिर खोल्न लागिएको जानकारी दिनुभयो । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सर्त राखिएको छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु नहुने बताइएको छ ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”, सदस्य सचिव डा. ढकालले भन्नुभयो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

नौ महिनादेखि मन्दिर बन्द राखेर दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन समेत गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गरेका छन् । पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता समेत अपनाएर दर्शनको व्यवस्था मिलाएको जनाइएको छ ।

चैतदेखी मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसल नौ महिनादेखि बन्द छन्, यी पसलबाट आउने भाडा लगायतबाट समेत कोषलाई करिब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6