Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका गुरुङले जुमबाटै मनाए ल्होछार

अष्ट्रेलियाका गुरुङले जुमबाटै मनाए ल्होछार


सरल गुरुङ/सिड्नी
कोरोना महामारीका कारण एकै ठाउमा भेला हुन नसकिने भएपछि अष्ट्रेलियाका गुरुङहरुले ल्होछार मनाउन प्रविधीको प्रयोग गरेका छन् ।
तमु समाज सिड्नीले जुम मिटिङको भच्र्युअल प्लाटफर्म मार्फत ल्होछार मनाएको हो । गुरुङको संस्कृतिलाई निरन्तरता दिन विषम परिस्थितीमा पनि प्रविधीमार्फत ल्होछार मनाउने प्रयास गरिएको समाजका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो ।
कोभिडको स्वास्थ्य मापदण्डलाई पालना गर्दै यसपाली खुल्ला स्थानमा ल्होछार मनाउने तय भएपनि सिड्नी आसपासका क्षेत्रमा कोरोना संक्रमणको दर बढ्न थालेपछि अन्तिम समयमा भर्च्युअल रुपमा मनाउने निर्णय भएको गुरुङको भनाई छ ।
फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरिएको ल्होछार कार्यक्रमका प्रमुख अतिथी अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले यस्तो विषम परिस्थितीमा पनि आफ्नो संस्कृति जोगाउन गुरुङहरुले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । ‘गुरुङको आफ्नै इतिहास , संस्कृति र परम्परा छ’- राजदूत दाहालले भन्नुभयो- ‘नेपाललाई विश्वसामु चिनाउन तमु समाजले निवार्ह गरेको भूमिकाप्रति म सधै आभारी छु ।’
‘अष्ट्रेलियामा रहेर पनि नेपालका लागि केही गर्न खोज्ने तमाम नेपाली समुदाय तथा तमू समाज सिड्नीको कार्यको नेपाली दूतावास क्यानवेरा उच्च मुल्यांकन गर्न चाहान्छ’- राजदूत दाहालले भन्नुभयो । ‘भौतिक रुपमा भेट्न नसकेपनि जुमबाटै ल्होछार मनाउदा हामी भावानात्मक रुपमा एकै ठाउमा छौ भन्ने सन्देश दिएको छ’- राजदूत दाहालले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले यो अप्ठ्यारो अवस्थामा पनि तमुहरु एकजुट भएर आफ्नो संस्कृति जोगाउन एकजुट भएकोमा खुसी व्यक्त गर्दै ल्होछारको शुभकामना दिनुभयो । ७० जना जति सहभागी जुम ल्होछारमा लामा गुरुहरुले विशेष मन्त्र उच्चारण गरि ल्होछारको स्वागत गर्नुभएको हो । जुम कार्यक्रममा तमु समाज सिड्नीका संस्थापक अध्यक्ष प्रेम गुरुङ, तमू समाज ब्रिजवेन, तमू धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, तमू धिं न्युजिल्याण्डका अध्यक्ष केश गुरुङ तथा तमू धिं नेपालका अध्यक्ष होम गुरुङले ल्होछारको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा स्थानिय कलाकारहरुले भिडियोमार्फत गित र नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै यसअघिका ल्होछार कार्यक्रमका गित र नृत्य पनि प्रशारण गरिएको थियो । यो वर्ष गुरुङहरुले मुसा वर्गलाई बिदाई गरि गाई वर्गलाई स्वागत गरेका छन् । १२ वटा जीव जन्तुको चक्र हरेक पुस १५ मा फेरिने गर्छ । एउटा जीव फेरिएर अर्को जीव आउने दिनलाई गुरुङहरुले नया वर्ष अर्थात ल्होछारको रुपमा मनाउने गर्छन् । अष्ट्रेलियामा आयोजना हुने सामुदायिक कार्यक्रमहरुमध्ये तमू ल्होछारलाई विशेष मानिन्छ ।
स्थापनाकाल देखि नै तमू समाज सिड्नीले ल्होछार मनाउदै आएको छ । सार्वजनिक हलमा एक हजारको संख्यामा भेला भएर गरिने तमू ल्होछार अष्ट्रेलियामा हुने नेपाल फेष्टिभलपछि सबैभन्दा धेरै मानिस जम्मा हुने कार्यक्रम हो । सन् १९९६ मा प्रेम गुरुङको सक्रियतामा तमू समाज सिड्नी गठन भएको थियो । स्थापनासंगै समाजले अष्ट्रेलियामा गुरुङ संस्कृति जोगाउन महत्वपुर्ण भूमिका खेल्दै आएको छ । photo-File



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6