Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमितको उपचारमा अब्बल सशस्त्र प्रहरी बलको एपीएफ कोभिड अस्पताल

कोरोना संक्रमितको उपचारमा अब्बल सशस्त्र प्रहरी बलको एपीएफ कोभिड अस्पताल


काठमाडौं । कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या नेपालभर दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पताल भने कोरोना रोकथाम तथा उपचारमा अब्बल देखिएको छ । जहाँ मृत्युदर अन्य अस्पतालको तुलनामा नगन्य छ । इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना गरिदै आइएको यो अस्पतालले ५९ जनालाई बचाउन नसकेपनि उपचारबाट निको भएर फर्कनेको संख्या दुई हजार २६६ रहेको छ ।

अस्पतालका फिजिसियन डा. रोशन झा अर्ली इन्टरभेन्ट (स्थिति बिग्रिर्नु अगावैको उपचार) र रेगुलर मोनिटरिङ (नियमित निगरानी) विधि अपनाइएको कारण अन्य कोभिड अस्पतालको तुलनामा बलम्बुमा कोरोना संक्रमितको मृत्यु दर कम भएको बताउनुहुन्छ । कोभिड विशेष अस्पताल बनाइएदेखि नै क्लोज सर्किट (सीसी) क्यामरामार्फत विरामीको चौबिसै घन्टा निगरानी र विरामीलाई असामान्य महसुस हुनेवित्तिकै सिधै डाक्टरलाई फोन गर्न सक्ने व्यवस्था गरिएको सशस्त्रका डिएसपी समेत रहनुभएका डा. झाले जानकारी दिनुभयो । फौजी अनुशासनका कारण पनि उपचारमा कुनै समस्या नभएको कतिपयको बुझाई छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा अधिकांश चिकित्सक नै संक्रमित भएर सेवामा समस्यामा देखिदा समेत बलम्बुका नगन्य स्वास्थ्यकर्मी त्यो पनि लामो उपचारको पछिल्ला दिनमा मात्रै संक्रमणको सामना गर्नुपरेको थियो ।

अस्पतालका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी डा. रुपक महर्जन स्वास्थ्यकर्मी सुरक्षित हुनुका पछाडि मुलतः तीन कारण रहेको बताउनुहुन्छ । पहिलो, सरकारले घोषणा गरेको पहिलो कोभिड–१९ विशेष अस्पताल भएकाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), मास्क लगायतका सुरक्षा सामग्रीको कुनै अभाव भएन । दोस्रो, उपचारको आन्तरिक सुरक्षा प्रोटोकलको पूर्ण पालना । महर्जनका अनुसार अन्य देशका उपचार पद्धति, प्रयोग भएको औषधि लगायतको जानकारी लिएर प्रोटोकल बनाइएको थियो । कोभिडका विरामी राखेको भवनमा गएका स्वास्थ्यकर्मीको एउटा समूह दुई हप्ता त्यहीँ बस्ने प्रावधान लागु गरिएको थियो । त्यहाँबाट निस्केर क्वारेन्टिनमा बसेर, परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्र अर्को दुई हप्ताको पालो आउने व्यवस्था थियो । ‘तेस्रो कारण चाहिँ सशस्त्र प्रहरीको अस्पतालमा भएको पर्याप्त खाली ठाउँ पनि रहेको हाम्रो अनुभव छ’, डा. महर्जन भन्नुहुन्छ, ‘मनग्गे ठाउँ हुँदा बिरामी र स्वास्थ्यकर्मी हिँड्ने बाटो मात्र नभई प्रयोग भएका सरसामान डिस्पोज गर्ने ठाउँ पनि फरक बनाउन सकियो ।’

दुई हप्तामा तयार भएको अस्पतालको प्रेरणादायी उपचार
गत वर्ष पुसमा चीनको वुहानबाट कोरोना भाइरस फैलन थालेलगत्तै त्यहाँ रहेका नेपालीको उद्दारको पूर्वतयारीमा सशस्त्र प्रहरी पनि खटिएको थियो । नेपाली सेनाको नेतृत्वमा भएको १७२ जना विद्यार्थीलाई ल्याउने ‘अपरेशन कोभिड–१९ नेपाल’मा सशस्त्र अस्पताल पनि सहभागी भयो । नेपालमा पनि चीनको जस्तै अवस्था आउन सक्छ भन्ने विश्लेषण त्यही वेला गरेर पूर्वतयारी थालिएको डा. झा बताउनुहुन्छ । नभन्दै, चैत १० गते नेपालमा कोरोना संक्रमणको दोस्रो केश देखा परेको भोलिपल्टै सरकारले महामारी नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गर्यो ।

सरकारले डेडिकेटेड अस्पताल बनाउने योजनासहित सशस्त्र प्रहरीकै अस्पताल प्रयोग गरेर सेनाको नेतृत्वमा कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेपछि सशस्त्रका ३५ हजार फौज र तिनका परिवारलाई सेवा दिइरहेको अस्पताललाई पूर्णरुपमा कोभिड अस्पताल बनाउन पहल थालियो । ब्यारेक र खाली ठाउँ प्रयोग गरेर नयाँ कोभिड अस्पताल बनाउने योजनासहित अस्पतालको नियमित सेवासँगै कोभिड विशेष अस्पताल सञ्चालन सम्भव भएको थियो । एउटा बाहिनीलाई राताहात खाली गरेर पर्खाल मर्मत र फ्लोरिङदेखि पानी–बत्ती व्यवस्थापनसम्मका काम सकेर दुई सातामा १२० बेडको अस्पताल तयार पारिएको थियो । कोभिड–१९ संक्रमितको उपचारका लागि २७ जना रहने तीनवटा कोरोना भाइरसविरुद्ध टोली बनाएको यो अस्पतालमा अहिले १६० आईसीयू बेडको वार्डसहित भीआईपीका लागि १५ क्याबिन र २० वटा आईसीयु सुविधा छ । क्षमता र सुविधा थप्ने तयारी पनि भैरहेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा सामान्य नागरिकदेखि भीआईपीसम्मले उपचार पाएका छन् । सेवा लिने भीआईपीमा राजनीतिक र फौजीदेखि निजामतिसम्म छन् । सशस्त्र प्रहरीको यही कोभिड अस्पतालमा रेमिडिसिभिर जस्ता औषधि पहिलो पटक प्रयोग गरिएको थियो । सिकिस्त विरामीका आफन्तले भारतबाट रेमिडिसिभिर ल्याएर चलाइदिन आग्रह गरेसँगै भएको परिक्षणको परिणाम राम्रो भएपछि साउन अन्तिम साता देखी औषधि व्यवस्था विभागले नै रेमिडिसिभिर प्रयोगमा ल्याउन अनुमति दिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6