Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रचण्ड–ओली पक्षबाट प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको पुनर्गठन, अध्यक्षमा राजनकुमार बस्नेत

प्रचण्ड–ओली पक्षबाट प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको पुनर्गठन, अध्यक्षमा राजनकुमार बस्नेत


ब्रिजबेन, अष्ट्रेलिया । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवासी शुभेच्छुक संस्था प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा राजनकुमार बस्नेत चयन हुनुभएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि जनप्रगतिशील मञ्च र प्रवासी मञ्च एक भई प्रवासी नेपाली एकता मञ्च बनेपनि नेकपामा आएको फाटोसँगै प्रवासमा समेत समानान्तर गतिविधि सुरु भएका हुन ।

अष्ट्रेलियामा समेत प्रचण्ड माधव पक्षीय प्रवासीहरुको भेलाले बस्नेतलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बस्नेतले मञ्चमा दुई पार्टीबीच एकता गर्दाताकाको सहमति अनुसार नै कमिटी गठन गरिएको जानकारी दिनुभयो । जसअनुसार यसअघिको कमिटीमा सचिव रहनुभएका प्रविण कँडेल नै सचिवमा चयन हुनुभएको छ । पुनर्गठित ४४ सदस्यीय कमिटीका अन्य सदस्यहरमा ध्रुव सुवेदी, भरत नेपाल, माधव शाह, झलक ढुंगाना, हरेरामचन्द्र राउत, धर्म अधिकारी, अच्युत थपलिया, यादव देवकोटा, सिके भुसाल, चुना क्षेत्री, रमेश पौडेल, दिपक पाण्डे, मधु पन्थी, ईश्वर पौडेल, प्रकाश सेढाई, हिमलाल गैरे, उद्धव खड्का, निराजन गौली, शंकर धरेल, लोकराज पौडेल, दामोदर रावल, कृष्ण पौडेल, रमेश सोडारी, कृष्ण पौडेल, विवेक अर्याल, प्रमोद दवाडी, अग्नीधर भण्डारी, यादव बस्याल, राजकुमार केसी, कपिल पाण्डे, पूर्ण लामिछाने, टंक सापकोटा, राजु मानन्धर, जीवन न्यौपाने, लक्ष्मण श्रेष्ठ, विक्रम शर्मा पंगेनी, किरण पौडेल, सुनीता रेग्मी, भरत पन्त, खिम भण्डारी, सरिता ढकाल, प्रकाश राय, सुभास रानाभाट, प्रेम घिमिरे, मायाप्रसाद सुवाल, कलम खड्का र शेषमणि शर्मा रहेका छन् ।

अध्यक्ष चयन हुनुभएका बस्नेतले निकट भविष्यमै छिट्टै नेपाली दूतावासमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले चालेको कदम असंवैधानिक भएको भन्दै प्रवासीको तर्फबाट ध्यानकर्षण पत्र पठाउने तयारी भएको जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6