Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकुनैपनि उत्पादक कम्पनी नेपाललाई खोप दिन तयार देखिएनन, खोप अभियान प्रभावित हुने आशंका

कुनैपनि उत्पादक कम्पनी नेपाललाई खोप दिन तयार देखिएनन, खोप अभियान प्रभावित हुने आशंका

चीनले दिदै अनुदानमा ३ लाख डोज खोप


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको केही दिनमै एक वर्ष समय लाग्ने भन्दै भनाई फेरे । अहिले भारतले उपहारमा दिएको खोपले नेपालमा खोप अभियान चलिरहेको छ । तर प्रधानमन्त्री ओलीले एक खाले प्रतिबद्धता र भाषण गरिहँदा कुनैपनि कम्पनीले नेपाललाई खोप दिने चाहना नदेखाएपछि हाल सञ्चालित खोप अभियान नै प्रभावित हुने आशंका बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयले ७२ प्रतिशत खोप लगाउन कम्तिमा पनि २ वर्ष लाग्ने अनुमान गरेको छ । जतिसक्दो छिटो खोप ल्याउने भनिएपनि कुनै पनि उत्पादक कम्पनीले खोप बिक्री गर्न इच्छा नदेखाएपछि स्वास्थ्य मन्त्रालय नै चिन्तित देखिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिंह तिङ्करीले खोप खरिद प्रक्रिया नै सुरु नभएको जानकारी दिएका छन् । भारतले खोप अनुदानमा दिनुअघि नै खोप समितिले उत्पादक कम्पनीहरुलाई पत्राचार गरेको थियो । तीन वटा उत्पादक कम्पनीलाई दुईतीन पटक नै पत्राचार गर्दासमेत अहिलेसम्म जवाफ नआएको महाशाखा प्रमुख तिंकरीले बताए । उक्त पत्रको जवाफ नआइकन खोप खरिद प्रकिया सुरु हुँदैन ।

कम्पनीहरुले उत्पादन कम भएको र आफ्नै देशमा खपत हुने भएकाले तत्काल खोप दिन नसक्ने जवाफ फर्काएको स्वास्थ्यमन्त्रालय बताउँछ । रपनि स्वास्थ्य मन्त्रालयले खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । नेपालमा औषधि व्यवस्था विभागले अहिलेसम्म सेरम इनिस्च्युटको कोभिसिल्ड खोपलाई मात्र आपतकालीन अनुमति दिएकाले सेरमकै खोपलाई प्राथमिकतामा राखिएको छ । सेरम इनिस्च्युटले १० लाख डोज खोप अनुदानमा दिएर खोप खरिद गर्न नैतिक दबाब दिएपनि थप खोप उपलब्ध गराउन नसक्ने संकेत गरेको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतको ३ प्रतिशत खोप पनि मार्चसम्म आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य ४ वटा उत्पादक कम्पनीसँग खोप खरिदका लागि छलफल चलिरहेको बताइएपनि निष्कर्षमा नपुग्दा थप खोप कहिले नेपाल आइपुग्ने अन्यौल छ ।

चीनले दिदै अनुदानमा ३ लाख डोज सिनोफर्म खोप
चीनले नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान उपलब्ध गराउने घोषण गरेको छ । काठमाडौंस्थित चिनियाँ दूताबासलका अनुसार नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको हो । चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको दुतावसले जनाएको छ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो । यो खोपले चीनमा आपतकालीन प्रयोगको अनुमति पाएपनि नेपालमा अहिले दर्ता भएको छैन । सिनोफर्मको खोप नेपालमा दर्ता गर्न नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको चिनियाँ दूताबासले जनाएको छ । तर खोप कहिले नेपाल आइपुग्ने एकिन भएको छैन ।

यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएसँगै माघ १४ बाट खोप अभियान चलिरहेको छ । नेपालको खोपको मागमा उत्पादक कम्पनीले साथ दिन नसक्ने जनाएसँगै खोप अभियान नै प्रभावित हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6