Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएम्पाएर क्रिकेट कपको फाइनल फेव्रवरी ७ मा ब्रिजवेनमा हुने

एम्पाएर क्रिकेट कपको फाइनल फेव्रवरी ७ मा ब्रिजवेनमा हुने


ब्रिजवेन
विगत ६ महिनादेखि जारी एम्पाएर क्रिकेट कपको फाइनलमा नेपलिज क्रिकेट क्लब टोअम्बा र एक्सपर्ट नेपलिज ब्रिजवेन भिड्ने भएका छन् ।
कुइन्सल्याण्डका ८ वटा नेपाली क्रिकेट टिमबिच भएको टि २० खेलमा यी दुइ टिम फाइनलमा पुग्न सफल भएको हो । फाइनल खेल आगामी आइतबार  फेव्रवरी ७ तारिखमा दक्षिणी ब्रिजवेनको डारा खेल मैदानमा हुने तय भएको हो । कुइन्सल्याण्ड नेपलिज नेपलिज क्रिकेट एशोसियसनले प्रतियोगिताको आयोजना गरेको हो । कपको मुख्य सहयात्रीका रुपमा एम्पाएर एजुकेशन तथा भिषा सर्भिसेसले साथ दिएको छ ।
फाइनल खेल हेर्न निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खेल मैदानमा नेपाली खानाको स्टलसमेत राखिने आयोजकले जानकारी गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6