Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा खोप अभियान : जेष्ठ नागरिक र दीर्घरोगीलाई छाडेर किन रोजिए पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी ?

नेपालमा खोप अभियान : जेष्ठ नागरिक र दीर्घरोगीलाई छाडेर किन रोजिए पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी ?


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन नेपालमा दोस्रो चरणको अभियान सञ्चालन गरेको छ । पहिलो चरण अन्तर्गत स्वास्थ्यकर्मी, सफाईकर्मीसँगै अग्रमोर्चामा खटिने केही सुरक्षाकर्मीलाई यही माघ २४ गतेसम्म खोप लगाएको मन्त्रालयले सोमबारदेखी दोस्रो चरणको खोप अभियान सुरू गरेको हो ।

दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई लगाउन थालिएको कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई लगाइएको हो । पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएपनि एक लाख ८४ हजार ८५७ जनालाई मात्रै लगाइएको छ । पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखी खोप लगाउन थालिएको छ भने अन्यलाई दुई–तीन दिनपछि लगाइने बताइएको छ । आगामी शुक्रबारसम्म पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाइसक्ने जनाइएको छ । ‘ पत्रकार र कूटनीतिक नियोगका कर्मचारीवाहेक अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलनको काम जारीरहेकाले उनीहरुलाई केही दिनमा लगाइने सल्लाहकार समितिका डा. उप्रेतीले बताउनुभयो । अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको जानकारी दिदै उहाँले यो चरणमा करीब तीन लाख जनालाई खोप लगाइने बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप लगाइएको थियो । पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोकलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप लगाइएको छ । दोस्रो चरणको खोप १० दिन भित्रसक्ने तयारीमा सरकार जुटेको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ ।

सरकारले लक्षित समूहको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, जेलका बन्दी र त्यहाँ कार्यरत सुरक्षाकर्मी, विमानस्थल तथा भन्सारका कर्मचारी, जेष्ठ नागरिकहरु र दीर्घरोगीलाई राखेको थियो । तर सूचीमा परेका जेष्ठ नागरिक, दीर्घरोगी लगायतले खोप लगाउन नपाउँदै पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिन थालिएपछि सरकार व्यवस्थापनमा चुकेको भन्दै आलोचना समेत सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6