Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४० वर्षमुनिका महिला विदेश जादा वडा कार्यालय र परिवारको अनुमति अनिवार्य !

४० वर्षमुनिका महिला विदेश जादा वडा कार्यालय र परिवारको अनुमति अनिवार्य !


काठमाडौं । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन मार्फत केही कडाई गर्ने प्रस्ताव गरेको छ । विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाउँदै ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने व्यवस्था गरेको हो ।

मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा पर्दा समेत उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागको दाबी छ । विभागले कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि नै गृह मन्त्रालयमा पठाइसकेको छ । विभागका सूचना अधिकारी टेकनारायण पौडेल गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने बताउनुहुन्छ । नयाँ व्यवस्था अनुसार अब ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जान पाउने छन् । कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको अध्यागमनको दाबी छ ।

यस्तै, यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमालाई अनिवार्य गरिएको छ । महिलाहरूको लागि अहिले समेत के भिसा, पासपोर्ट, टु वे टिकट, होटल बुकिङलगायत अनिवार्य गरिएको छ । तर यसरी गएपनि धेरैले उतै काम खोज्ने र नयाँ भिसा बनाएर काम गर्ने गरेको पाइएको छ । यसरी काममा जाने महिलाहरू बेचबिखनको जोखिममा परेको, दुर्घटनामा परे उपचार नपाएको, समस्यामा पर्दा उद्धार गर्न नसकेको अवस्था भएकाले कम्तीमा अब यस्तो भए पनि उद्धार गर्न सकियोस् भनेर कार्यविधि अद्यावधिक गरिन लागिएको विभागको दाबी छ ।

विभागका महानिर्देशक रमेश केसीले हालको कार्यविधिको दुरुपयोग भएको र महिलाहरू थप शोषणमा नपरून् भनेर कार्यविधि संशोधनको प्रस्ताव गरिएको जानकारी दिनुभयो । महिलाहरूलाई जोखिममा पारेको अवस्थालाई मध्यनजर गरी संशोधन प्रस्ताव गरिएको उहाँको दाबी छ । ४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6