Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको पूर्वाधार विकासका लागि एनआरएनएको सक्रियतामा १० अर्बको कोष

नेपालको पूर्वाधार विकासका लागि एनआरएनएको सक्रियतामा १० अर्बको कोष


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारीले तिब्रता पाएको छ । बिहीवार अर्थ मन्त्रालयमा बसेको बैठकले कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको हो ।

बैठकका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने जानकारी गराउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गर्नुभएको थियो । बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रियामा रहेको जानकारीसहित छिट्टै दर्ता प्रक्रिया पुरा गरेर काम सुरु गरिने बताउनुभयो । अध्यक्ष पन्तले कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहने, ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर रहनेगरि लगानी जुटाउन आईपीओ जारी गरिने जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6