Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाले थलिएका ऋणीहरुलाई ५ महिना राहत

कोरोनाले थलिएका ऋणीहरुलाई ५ महिना राहत


काठमाडौं । राष्ट्र बैंकले ६ महिना भन्दा बढीको ऋण बाकी नरहेकाहरुको धितो लिलाम र कालोसूचीमा राख्ने प्रक्रिया आगामी असार मसान्तसम्म अघि नबढाउन बैंकहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७\०७८ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीको ६ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्म नगर्न निर्देशन जारी गरेको हो ।

यस्तै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न समेत राष्ट्र बैंकले मातहतका सबै बैंकलाई आग्रह गरेको छ । बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीका सूचना प्रकाशन गरेको भन्दै व्यापक विरोध भएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6