Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशैक्षिक सत्र पछि धकेलिदा, विदेश जाने नेपाली विद्यार्थी मारमा

शैक्षिक सत्र पछि धकेलिदा, विदेश जाने नेपाली विद्यार्थी मारमा


काठमाडौं । चालु वर्षको शैक्षिक सत्र जेठमा सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय आएसँगै विदेश पढ्न जाने विद्यार्थीहरु मारमा पर्ने देखिएको छ । प्राय नेपाली विद्यार्थी अध्ययन गर्न जाने देशमा अंग्रेजी महिनाको जुन, जुलाई अर्थात चैत, वैशाखमा शैक्षिक सत्र सुरु हुने भएकाले विदेश जाने विद्यार्थीहरु समस्यामा पर्ने भएका हुन् ।

नेपालमा कोभिड–१९ महामारीका कारण शैक्षिक सत्रको लामो अवधि विद्यालयहरु सञ्चालन हुन नसक्दा जेठ मसान्तमा शैक्षिक सत्र सक्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । यता, शिक्षाविद डा. विद्यानाथ कोइराला शिक्षक तथा विद्यालयले विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न सकेको भए यो वर्षको शैक्षिक सत्र पछाडि धकेल्न नपर्ने बताउनुहुन्छ । शिक्षक तथा विद्यालयको अनविज्ञताले विद्यार्थीहरु विदेश पढ्न जानबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।

चैतमा शैक्षिक सत्र सकिँदा विदेशी मुलुकहरुमा सुरु हुने शैक्षिक सत्रमा नेपाली विद्यार्थी सहभागी हुन पाउँथे तर जेठमा सक्दा उनीहरु जान नपाउने सम्भावना बढेको छ । टिच फर नेपालका अध्यक्ष शिशिर खनाल भने सरकारको निर्णय ठिक भएको बताउनुहुन्छ । कोरोना भाइरसविरुद्घको खोप प्रयोगमा ढिलाई हुँदा अधिकांश देशले विदेशी नागरिकलाई आगमन निषेध गर्न सक्ने सम्भावना कायमैछ, यसकारण अगाडि नै शैक्षिक सत्र सकिँदा पनि नेपाली विद्यार्थी विदेश पढ्न जान नपाउने सम्भावना रहेकोले सरकारले शैक्षिक सत्र पछाडी धकेल्दा खासै समस्या देखिदैन । खनालले भन्नुभयो ।

तर शिक्षाविद् डा. विद्यानाथ कोइराला भने शैक्षिक सत्र पछाडि धकेलिनु शिक्षकको कमजोरी रहेको बताउँनुहुन्छ । विद्यार्थीले घरको भान्सामा, बारी, गोठालोमा सिकेको कुरालाई शिक्षासँग जोड्ने हो भने शैक्षिक सत्र चैतमा नै सकिने उहाँको दाबी छ । यसरी दैनिक क्रियाकलाप शिक्षासँग जोड्न सके बालबालिकालाई किताब किन्न समेत नपर्ने उहाँको जिकिर छ । विद्यार्थीले घरमा सिकेको कुरालाई शिक्षासँग जोड्न प्राविधिक कठिनाइ हुने टिच फर नेपालका अध्यक्ष खनाल बताउँनुहुन्छ ।

विविधिता पूर्ण समाज भएकोले विद्यार्थीले भाषिक, सांस्कृतिक समुदाय अनुसार सिक्ने कुरा फरक हुँदा मुल्यांकनमा समेत समस्या पर्नसक्छ । यसका लागि शैक्षिक पाठ्क्रम नै संशोधन गर्नुपर्ने टिच फर नेपालका अध्यक्ष खनाल बताउनुहुन्छ । डोल्पाको विद्यार्थी र काठमाडौंको विद्यार्थीले घरमा सिक्ने कुरा फरक हुन्छ । भाषा, संस्कृति, काम गराई । त्यसलाई कसरी मुल्यांकन गर्ने भन्ने कुरा कठिन हुने खनाल बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6