Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो, केही दिनमै दोश्रो चरणको अभियान

कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो, केही दिनमै दोश्रो चरणको अभियान


काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । विमानस्थलबाट सरकारी अधिकारीहरुले खोपलाई सुरक्षित तरिकाले भण्डारणस्थलसम्म पुर्याएका छन् ।

सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि खरिद ऐन एक पटकका लागि संशोधन गरेर अग्रिम भुक्तानी पनि दिइसकिएको छ । अहिले स्वास्थ्यकर्मी, सफाईकर्मी,कर्मचारी तथा विभिन्न पेशाकर्मीलाई पहिलो चरण अन्तर्गत खोप लगाइएको छ । अहिले चालक सहचालक तथा शिक्षकहरुलाई खोप लगाउन थालिएको छ । अबको केही दिनमा पहिलो अभियान पुरा गरेर दोश्रो अभियान सुरु गर्ने तयारीमा सरकार जुटेको छ । यही महिनाको २३ गतेबाट ६० वर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6