Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपरिक्षा पास गरेका सेवाग्राहीलाई एक महिनामै स्मार्ट लाइसेन्स

परिक्षा पास गरेका सेवाग्राहीलाई एक महिनामै स्मार्ट लाइसेन्स


काठमाडौं । यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना सार्वजनिक गरेको छ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी भएपनि ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जानकारी गराएको हो ।

अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइलाई तिब्रता दिने विभागको तयारी छ । १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । कम्पनीले अहिले थोरै सङ्ख्यामा नमूना कार्ड परीक्षणका लागि पठाएको र ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने बताइएको छ । विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा नै चार हजार ५०० छापिने छ । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छाप्न सक्नेछ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेर लामो समयदेखी लाइसेन्सको प्रतिक्षामा बसेकाहरुलाई स्मार्ट कार्ड वितरण सहज बनाएको थियो ।

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र वितरणका लागि गत पुसमा पुनः खुलाइएसँगै आवेदकको संख्या उल्लेख्यमात्रामा आएको छ । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिएपनि पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ सहज हुने विभागको अनुमान रहेको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6