Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेव गुरुङलाई पदमुक्त गर्दै प्रधानमन्त्री ओलीले बनाए भट्टराईलाई मुख्य सचेतक

देव गुरुङलाई पदमुक्त गर्दै प्रधानमन्त्री ओलीले बनाए भट्टराईलाई मुख्य सचेतक


काठमाडौं । सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत गरेका छन् । ओली समूहको संसदीय दलको बैठकले शुक्रबार नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेको छ ।

गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन् । मुख्य सचेतकबाट हटाइएका गुरुङले ओलीको यो कदम अर्थहीन भएको बताएका छन् । ‘नेकपा संसदीय दलको नेता पदबाट ओलीलाई हटाइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भइसकेको अवस्थामा ओलीसँग त्यस्तो कुनै अधिकार छैन,’ गुरुङले भनेका छन् । संवैधानिक इजलासबाट संसद विघटनको निर्णय बदर भएपछि प्रधानमन्त्रीबाट राजीनामा गरी एकता प्रकृयालाई अगाडि बढाउनुपर्ने माग ओली पक्षबाट समेत आइरहेको बेला गुरुङलाई पदमुक्त गरेर ओलीले अर्को समूहसँग थप मुडभेडको संकेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6