Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली पत्रकार मृत भेटिए

सिड्नीमा नेपाली पत्रकार मृत भेटिए


सिड्नी
सिड्नीस्थित स्किड रो रेडियोमा नेपाली कार्यक्रम हिमालयन रेडियो संचालन गर्ने नेपालीमुलका संचारकर्मी टीका कार्की आफ्नै निवासमा मृत भेटिनुभएको छ । ।
शनिवार सिड्नीस्थित निवासको ओछ्यानमै संचारकर्मी कार्की अचेत अवस्थामा भेटिनुभएको हो ।  घटनास्थल पुगेका प्रहरी र पारामेडिक्सको टोलीले प्रारम्भिक परिक्षण गरि कार्कीलाई अस्पताल लगेका थिए । अस्पताल पुगेपछि कार्कीलाई मृत घोषणा गरिएको थियो ।
केही दिनदेखि मोवाइल नउठेपछि कार्कीकी बहिनीले शंका लागेर प्रहरीलाई सम्पर्क गर्नुभएको थियो । प्रहरीले कोठाको ढोका खोलेर हेर्दा कार्की ओछ्यानमै अचेत अवस्थामा ढलिरहनुभएको थियो । । कार्की सिड्नीको डलविच हिलमा डेरा लिएर एक्लै बस्दै आउनुभएको थियो । मृत्युको कारण बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको छ ।
सन् १९९६ सालमा अष्ट्रेलिया आउनुभएका कार्कीको एक श्रीमति र दुइ छोराहरु हुनुहुन्छ । उहाहरु सबै नेपालमै बस्दै आउनुभएको छ । बाग्लुङ स्थाई घर भएका कार्कीले झण्डै एक दशकदेखि रेडियोमा नेपाली कार्यक्रम संचालन गर्दै आउनुभएको थियो । त्यस्तै दुइ दशकभन्दा बढी समयदेखि सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो ।
सहकर्मीको असामयिक निधनप्रति अष्ट्रेलियाका नेपाली पत्रकारहरुले दुख व्यक्त गरेका छन् । आइतबार बसेको अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाको बैठकमा सदस्यहरुले कार्कीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए ।

एन्जाले जारी गरेको विज्ञप्ती

जुममा भएको बैठकमा एन्जाका अध्यक्ष हेमन्त काफ्लेले कार्कीको निधनले अष्ट्रेलियाको नेपाली समाजलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । त्यस्तै एन्जाका सल्लाहकार समेत रहनुभएका ब्रिजवेनका संचारकर्मी डा भरत पौडेलले प्रवासमा रहेर दुइ दशकभन्दा बढी समय पत्रकारिता गर्ने कार्की विश्वभरीका नेपाली समाजमा परिचित रहेको बताउनुभयो ।
एन्जाले कार्कीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । परिवारका सदस्यसंग छलफल गरेर के कस्तो सहयोग गर्ने भन्ने निर्णय गरिने एन्जाका महासचिव चिरञ्जिवी देवकोटाले जानकारी दिनुभयो । कार्कीको शव नेपाल पठाउन सिड्नीका नेपाली संघसंस्थाले आर्थिक सहयोग संकलन समेत सुरु गरेका छन् ।


ट्याग : #tika karki
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6