Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगृहजिल्लामै लखेटिए अर्थमन्त्री पौडेल, मोतिपुरमा दिनभर प्रर्दशन र झडप

गृहजिल्लामै लखेटिए अर्थमन्त्री पौडेल, मोतिपुरमा दिनभर प्रर्दशन र झडप


रुपन्देही,काठमाडौं । रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि पुगेका नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्।

आफूहरुको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहिबारदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए । तर, बाक्लो सुरक्षा घेरामा शुक्रबार शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका थिए । स्थानीयले मञ्च नै तोडफोड गरेपछि मन्त्री पौडेल बोल्दाबोल्दै बीचैमा छाडेर हिँड्नु परेको थियो ।

विरोध गर्दै आएका स्थानीयले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चतर्फबाट समेत प्रतिकार भयो । वातावरण थप विथोलिएपछि मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल बिचैमा मञ्च छाडेर हिँडे । स्थानीयवासीले आफूहरुको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको र आफूहरुलाई मुआब्जा दिनेबारे कुनै पनि चासो नराखिएको गुनासो गरेका छन् । यसअघि अघिल्लै हप्ता शिलान्यास गर्ने तयारी भएको औद्योगिक क्षेत्रमा स्थानीयको विरोधका कारण कार्यक्रम स्थगित भएको थियो ।

शिलान्यासका लागि तयार गरिएको मञ्च बिहिबार नै स्थानीयले भत्काइदिएपछि शुक्रबार फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च निर्माण गरिएको थियो । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको करिडोर क्षेत्रमा भएको झडपमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना सशस्त्र प्रहरीसहित केही प्रहरी घाइते भएका छन् । अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानैदेखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेका थिए । पौडेल बीचमै हिँडे पनि मोतिपुर क्षेत्र दिनभर तनावग्रस्त बन्यो । मोतिपुर औधोगिक करिडोरका लागि अतिक्रमण गरेको ८ सय १३ बिगाहा जमिनमध्ये २ सय ५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

कार्यक्रमस्थलमा बोल्न नपाएपछि मन्त्री पौडेलले लुम्बिनी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राखेका छन् । २०७३ सालमा स्थलगत निरीक्षणबिनै ३ हजार ६२ घर र झन्डै १ हजार बिघा जग्गा सरकारले रातारात निर्णय गरेर औद्योगिक क्षेत्रको नाममा सारेको स्थानीयको आरोप छ । लामो समयदेखि छलफल गरेर समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नगरिएको दाबी गर्ने स्थानीयको व्यवस्थापन नगरी जबरजस्ती औद्योगिक कोरिडोरको शिलान्यास गरिएपछि स्थानीयले नाराबाजी र धर्ना जारी राखेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6