Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डमा ४८ घण्टाभित्र सबै स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाइने

कुइन्सल्याण्डमा ४८ घण्टाभित्र सबै स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाइने


ब्रिजवेन

स्वास्थ्यकर्मीबाटै समुदायमा कोरोना फैलन थालेपछि अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यले स्वास्थ्यकर्मीका लागि खोप कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ ।
राज्यकी मुख्यमन्त्री प्रिमियर एनेस्तासिया पालासे अबको ४८ घण्टाभित्र बाकी रहेका सबै स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप लगाइने बताउनु भएको हो ।

गत साता ब्रिजवेनको प्रिन्सेस एलेक्जेण्ड्रा अस्पतालकी नर्सलाई कोरोना संक्रमण भएको थियो । कोराना संक्रमण बढ्न थालेपछि ब्रिजवेनका मुख्य अस्पतालहरुमा लकडाउन गरिएको छ ।
मुख्यमन्त्री पालासेले खोप कार्यक्रमले तिब्रता पाइसकेको समेत जानकारी दिनुभयो । कोरोनाको अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएपनि त्यसले त्यत्ति तिब्रता पाएको थिएन । अबदेखि कोरोना खोप लगाएका स्वास्थ्यकर्मीले मात्रै कोरोना संक्रमितको उपचारमा संलग्न हुन पाउने बताइएको छ ।
कुइन्सल्याण्ड राज्यको स्वास्थ्य विभागले उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ८९ प्रतिशत अग्रपंतिका स्वास्थ्यकर्मीले पहिलो खोप लगाइसकेका छन् ।
कुइन्सल्याण्डले अप्रिल ४ भित्र १ लाख २५ हजार सबै अग्रपंतिका स्वास्थ्यकर्मीलाई कोरोनाको पहिलो चरणको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6