Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवसन्त ऋतुमा हिमाल आरोहण गर्न ६२६ जनालाई अनुमति, ३३८ जना सगरमाथा चढ्दै

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६२६ जनालाई अनुमति, ३३८ जना सगरमाथा चढ्दै


काठमाडौं । वसन्त ऋतुको आरोहण सिजनका लागि हालसम्म विभिन्न देशका ३ सय ३८ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति लिएका छन् । पर्यटन बोर्डका अनुसार ८ हजार ८४८.८६ मिटर उचाईको सगरमाथा आरोहणका लागि गएको शुक्रबारसम्ममा ३६ टिमका २६६ पुरुष र ८४ महिला गरि कुल ३३८ जनाले आरोहण अनुमति पाएका छन् ।

सन् २०१९ मा विभागले ३८१ जनालाई सगरमाथा आरोहण अनुमति दिएको थियो । पर्यटन विभागकी निर्देशक मीरा आचार्य यो वर्ष आरोहण अनुमति लिनेको संख्या ३५० भन्दा बढि पुग्ने बताउनुहुन्छ । आरोहण अनुमतिका लागि लिइने शूल्क बापत हालसम्म सगरमाथाबाट मात्रै ४० करोड ५० लाख ९७ हजार भन्दा धेरै राजश्व संकलन भएको छ । गएको चैत १३ गते यो वर्षको पहिलो आरोण अनुमति जारी गरेको विभागले जनाएको छ । वर्षको वसन्त ऋतु सिजनमा पहिलो आरोहण अनुमति बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्यीय टोलीले लिएको थियो । सन् २०१९ यता पहिलोपटक हिमाल आरोहणको अनुमति यो वर्ष जारी भएको हो ।

गएको वर्ष कोरोना भाइरस महामारीका कारण आरोहण हुन सकेको थिएन । यो पटक आरोहण गर्नेहरुले उचाई थपिएको सगरमाथा चढ्ने छन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो । यो वर्षको वसन्त ऋतु सिजनका लागि सगरमाथापछि लोत्से हिमाल आरोहणका लागि ११ टिमले अनुमति लिएका छन् । ८ हजार ५१६ मिटर उचाईको लोत्से हिमाल आरोहणका लागि ८१ पुरुष र २३ महिला गरि कुल १०४ जनाले अनुमति लिएको विभागको रेकर्ड छ । यसबाट दुई करोड १९ लाख तीन हजार रुपैयाँ भन्दा बढि राजश्व संकलन भएको छ । अन्नपूर्ण पहिलो र धौलागिरि पहिलोका लागि समान चार–चार टोलीले अनमुति लिएका छन् ।

गएको शुक्रबारसम्म सगरमाथासहित १६ हिमाल आरोहणका लागि ७१ टोलीका तर्फबाट ४९३ पुरुष र १४५ महिला गरि कुल ६२६ जनाले अनुमति पाएका छन् । आरोहणको यो अनुमतिबाट ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजश्व संकलन भएको पर्यटन विभागले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6