Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना संक्रमित भन्दा कोरोना जित्नेहरु बढ्दै

नेपालमा कोरोना संक्रमित भन्दा कोरोना जित्नेहरु बढ्दै


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ९८६ परिक्षणगर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । केही दिनयता संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ । संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमित कोरोनामुक्त भएका छन्। शनिबार १४ हजार ७५२ जनामा कोरोना परीक्षण गरिदा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो ।

अहिले १ लाख ८ हजार ८ सय ९७ जना संक्रमित आइसोलेसनमा छन्। आज १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार साँझको सरकारी तथ्यांक अनुसार १ हजार ५४५ जनाको आईसीयू र ४ सय ७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । परिक्षणको दायरा घट्दा संक्रमण दर केही घटेको देखिएपनि कोरोनाको गम्भिर बिरामीको संख्या भने घट्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6