Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनसँग किन आक्रोसित भए बेलायती प्रधानमन्त्री जोनसन ?

चीनसँग किन आक्रोसित भए बेलायती प्रधानमन्त्री जोनसन ?


लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्ना नौ जना नागरिक र चार संस्थानहरुमाथि चीनले लगाएको प्रतिबन्धप्रति आपत्ति जनाउनुभएको छ । चीनमा अल्पसंख्यक उईघुर समुदायको पक्षमा आवाज उठाएको बाहानामा चीनले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको भन्दै बेलायती प्रधानमन्त्री जोनसोन आक्रोसित हुनुभएको हो ।

चीनमा अल्पसंख्यक उईघुरहरुको हक अधिकारको पक्षमा बोल्नु आधारभुत बिषय भएको प्रधानमन्त्री जोनसोनले बताउनुभएको छ । जोनसोनले ट्विइट गर्दै चीनमा उईघुर जाति बिरुद्ध दमन भइरहेको र यही बिषयमा आवाज उठाएको बाहानामा आफ्ना नागरिक तथा केही सांसदमाथि चीनले प्रतिबन्ध लगाएको जानकारी गराउनुभएको छ । मानव अधिकार हनन गर्ने बिरुद्ध आवाज उठाउनु आधारभुत अधिकार भएको र यसको पक्षमा आफु अडिग रहेको प्रधानमन्त्री जोनसोनले ट्विइटर मार्फत बताउनुभएको छ ।

चीनले मानवअधिकार उल्लंघन गरेको भन्दै यूरोपेली संघ तथा बेलायतले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध गर्ने निर्णय गरे लगक्तै चीनले नौ जना बेलायती नागरिक तथा चार संस्थानहरुलाई प्रतिबन्धको घोषण गरेको थियो। श्रोतः जस्ट अर्थ न्युज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6