Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकासहित नेपालका ७० जिल्लामा थपियो निषेधाज्ञा (सूचिसहित)

काठमाडौं उपत्यकासहित नेपालका ७० जिल्लामा थपियो निषेधाज्ञा (सूचिसहित)


काठमाडौं । उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका हुन् ।

सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वको निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । सबैजसो जिल्लामा जनजीवनलाई विगत भन्दा केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न चिकित्सकहरुले सुझाब दिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा विगत एक महिनाअघिदेखी निषेधाज्ञा लगाइँदै आइएको छ ।

कोरोना रोकथामका लागि अवस्था र आवश्यकता हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिए अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मार्फत निषेधाज्ञाको आदेश जारी हुँदैआएको छ । निषेधाज्ञा थपिएका जिल्लामध्ये ताप्लेजुङ र मुस्ताङमा भने जिल्लाभर नभएर केही स्थानमा आंशिक निषेधाज्ञा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6