Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरो कपः इटाली र डेनमार्क क्वाटरफाइनलमा, भोली महत्वपुर्ण दुई खेल

युरो कपः इटाली र डेनमार्क क्वाटरफाइनलमा, भोली महत्वपुर्ण दुई खेल


एजेन्सी । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आइतबार दुई महत्वपुर्ण खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक र दोस्रो खेलमा बेल्जियम र पोर्चुगल बिच प्रतिस्पर्धा हुन लागेको हो ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रिदैछन् । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । समूह सी को समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्स ३ खेलमा ९ अंकसहित समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।रिपब्लिकले ३ खेलमा ४ अंक जोडेर उत्कृष्ट टिमका रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

यस्तै, स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रदैछन् । बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । बेल्जियम समूह बी को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

शनिबारको खेलबाट इटाली र डेनमार्क क्वाटरफाइनलमा
डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको छ। यता, शनिबार राति भएको दोस्रो प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6