Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए तास्मानियामा वर्तमान पदाधिकारी बिच भिडन्त, यस्ता सवालजवाफ (भिडियोसहित)

एनआरएनए तास्मानियामा वर्तमान पदाधिकारी बिच भिडन्त, यस्ता सवालजवाफ (भिडियोसहित)


ब्रिजबेन, अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा तास्मानिया राज्यमा भने एउटै कार्यकालमा क्रियाशिल दुई पदाधिकारी बिच नै कडा प्रतिस्पर्धा हुने भएको छ । तास्मानिया कोडिनेटरका रुपमा हालका संयोजक सन्देश परियार र कोषाध्यक्ष राकेश शाक्य बिच कडा प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाल ट्युबको मन्टिमिडिया इलेक्सन अपडेटको लाइभमा संयोजकका प्रत्यासी परियारले विगतमा निष्कृय रहेका कोषाध्यक्ष शाक्यको उम्मेदवारीले एनआरएनए तनास्मानिया अघि बढ्न नसक्ने दाबीसहित पहिलो कार्यकालमा बाँकीरहेका जिम्मेबारी पुरा गर्न दोश्रो कार्यकाल दोहोरिनुपरेको दाबी गर्नुभएको छ । यता, अध्यक्षका प्रत्यासी वर्तमान कोषाध्यक्ष शाक्यले विगतमा १० जनाको टिमलाई क्रियाशिल बनाएर संयोजक परिवारले काम गर्न नसकेका कारण आफूले नेतृत्वको दाबी गर्नुपरेको बताउनुभएको छ । वर्तमान संयोजक परियारले संस्था र नेपाली समूदायको हकहितमा सोचेजति काम गर्न नसकेको स्विकार गर्दै दोश्रो कार्यकालको अवशर पाए कम्युनिटि हल बनाउने, राइट अफ पोपर्टी, नेपाल फेष्टिभललाई बृहत्तर रुपमा अघि बढाउने, नेपाली मल्टि कल्चरल कम्युनिटिलाई सरकारी सहयोग जुटाउने बिषयमा पहलकदमी भुमिका निर्वाह गर्न स्थानीय तहमा रजिस्टर गरेर राज्यस्तरमा सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै अर्का प्रत्यासी शाक्यले विगतमा निर्विरोध भएर संस्थामा जोडिएपनि यो पटक प्रतिस्पर्धाकै माध्यमबाट एनआरएन तास्मानियलाई सबल बनाउन लागिएको बताउनुभएको छ । नेपाली समूदाय, विद्यार्थीलाई सहज बसोबासको व्यवस्था, रोजगारीको अवशर, मेन्टल हेल्थ, इकोनोमिक्स रिकोभरीसँगै तास्मानियाको नेपाली कम्युनिटिको हकहितका लागि आफूले नेतृत्व लिन चाहेको उस्तै प्रतिबद्धता जनाउनुभएको छ । संयोजकका दुबै प्रत्यासीहरुले एकअर्कालाई एक्टिभ नभएको आरोप लगाइरहँदा प्रतिबद्धता भने उस्तै उस्तै आएका छन् । अब सबल नेतृत्व छान्ने जिम्मा भने तास्मानियाकै नेपाली समूदायको काधमा आएको छ ।

नेपाल ट्युबको मन्टिमिडिया इलेक्सन अपडेटको लाइभ भिडियो :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6