Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्टार फुटबलर मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध, वर्षिक ३५ मिलियन युरो तलब

स्टार फुटबलर मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध, वर्षिक ३५ मिलियन युरो तलब


एजेन्सी, काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएका छन् । हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी तीन वर्षको सम्झौता मार्फत पीएसजीमा आवद्ध भएका हुन् । सम्झौता अनुसार तेस्रो वर्षमा उनी अर्को क्लब जान पाउने छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् । उनलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको बताइएको छ । मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताउँदा ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । यस अवधिमा उनले ६ पटक बालोन डी ओर जिताएका थिए । बार्सिलोनाका लागि १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डेल रेको उपाधि मेसीले नै दिलाएका थिए ।

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका स्टार खेलाडी मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन् । मेस्सीले बार्सिलोनाबाट डेब्यु गर्दा ३० नम्बरको जर्सी लगाएका थिए । उनले सन् २००६ देखि जर्सी नम्बर १९ लगाएका थिए । सन् २००८ मा रोनाल्डिन्हो बाहिरिएपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी लगाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6