Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपरराष्ट्र मन्त्रालयको एनआरएनएलाई प्रश्न : धाँधलीरहित चुनाव हुने ज्ञारेन्टी के ?

परराष्ट्र मन्त्रालयको एनआरएनएलाई प्रश्न : धाँधलीरहित चुनाव हुने ज्ञारेन्टी के ?


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ महाधिवेशनमार्फत हुने पदाधिकारीहरुको निर्वाचन बारे परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ । निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन संघले के कस्तो व्यवस्था गरेको छ ? भन्दै मन्त्रालयले संघलाई पत्राचार गरेको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पत्राचार गरेको मन्त्रालयले विस्तृत जानकारी पठाउन पाँच दिनको समय सीमा समेत तोकेको छ । एनसीसी जापानको निर्वाचनमा अनियमितता भएको व्यहोरासहित नेपाली राजदूतावास टोकियोले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेपछि संघको केन्द्रीय निर्वाचनमा नै मन्त्रालयले पहिलो पटक प्रश्न उठाएको हो । मन्त्रालयका सह– सचिव भरत कुमार रेग्मीद्वारा हस्ताक्षर गरिएको पत्रमा अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरणबारे पनि चासो व्यक्त गरिएको छ ।

‘अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण १४ अगष्ट सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नु पर्नेमा सो मितिभन्दा पछाडि पनि त्यस्तो कार्य भई रहेको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन गराउने प्रक्रियामा सामेल भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न चिन्ह उठेको, निर्वाचन आचार संहिता लागू तथा पालना नगरिएको,सम्पूर्ण आधिकारिक महाधिवेशन प्रतिनिधिको विवरण संघको वेभसाइटमा प्रकाशित नगरिएको लगायतका विषयहरु उल्लेख गरी लिखित तथा मौखिक गुनासाहरु मन्त्रालयमा प्राप्त भएका छन्,’ पत्रमा उल्लेख गरिएको छ ।

दूतावास र परराष्ट्र मन्त्रालयको भूमिकाले प्रतिप्रश्न उब्जायो : महासचिव डा. शर्मा
एनआरएनए केन्द्रीय महासचिव डा. हेमराज शर्माले परराष्ट्र मन्त्रालयको पत्र प्राप्त भएको जानकारी दिनुभयो । दूतावास र मन्त्रालयको भूमिकाप्रति प्रतिप्रश्न गर्दै शर्माले नेपाल बाहिर स्थानीय कानून अन्तर्गत दर्ता भएर चलेका राष्ट्रिय समन्वय परिषद्का आन्तरिक मामलामा दूतावास र परराष्ट्र मन्त्रालय यसरी प्रत्यक्ष संलग्न हुनुले धेरै प्रश्न उठाएको बताएका हुन् । ‘स्थानीय कानून आकर्षित हुने विषयमा आईसीसीले समेत एनसीसीलाई निर्देशन दिने गर्देन यो विषयमा दूतावास र परराष्ट्र मन्त्रालयको दायरा कति हो ? महासचिव शर्माले प्रश्न गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6