Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतीजको कार्यक्रम मार्फत तास्मानियाका नेपालीले दिए एकताको सन्देश

तीजको कार्यक्रम मार्फत तास्मानियाका नेपालीले दिए एकताको सन्देश


डभेनपोर्ट । कोरोना भाइरस प्रतिबन्धका कारण अस्ट्रेलियाका मुख्य सहरहरूमा तीजका कार्यक्रम प्राय सुनसान भएका बेला तास्मानियामा भने तीजको रौनक बढेको छ। होबार्ट देखि बर्नि सम्मका विभिन्न सहरहरूमा बसोबास गर्नै नेपालीहरूले तीजका विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।  जस मध्ये गत आइतबार डेभनपोर्ट नेप्लिज कम्युनिटीले आयोजना गरेको तीज कार्यक्रमको दृश्य भने फरक थियो ।

चेटिबेटीलाइ दर पकाउन युवाहरू आफै कस्सिए

नर्थ वेस्टमा बस्ने चेलीबेटीहरूका लागि डेभनपोर्टबासी नेपाली युवाहरूले आफै दर पकाएर चेटिवेटीहरुलाइ मनोरञ्जनात्मक कार्यक्रम सहित दर खुवाउने कार्यक्रम आयोजना गरे । करिब १ सय ८० भन्दा बढी पाँहुनाहरुलाइ पुग्ने दर युवाहरूले स्थानीय स्रोत साधनको प्रयोग गरी आफै पकाएका थिए ।चेलीबेटीहरुलाइ दर पकाउन कार्यक्रम शुरु हुनुभन्दा केही दिन अघि देखिनै ३० जना युवाहरु सक्रिय रुपमा खटिएका थिए । करिब २ सय भन्दा बढी नेपाली रहेको समुदायमा १ सय ८० भन्दा बढीको उपस्थितिमा तीज कार्यक्रम आयोजना गरिएको थियो । स्थानीय युवाहरू सुवास मिश्र, चेतन कँडेल, वासुदेव सापकोटा (देब) छत्र शंकर, अनन्त उपाध्याय र उत्तम कँडेल लगायतको समूहले कार्यक्रम आयोजकको भूमिका खेलेको थियो । आयोजक मध्येका चेतन कँडेल भन्छन् -‘हाम्रो कार्यक्रमलाई केही दाताहरूले सहयोग गरेका थिए, हामी क्याटिरिङ्लाइ नै जिम्मा दिएर भए पनि दिदी बहिनीहरूलाई दर खुवाउन सक्थ्यौ। तर, त्यो अभ्यासले फिल्म हलमा टिकट काटेर सिनेमा हेर्न गए जस्तो मात्र हुन्छ।’ उनले थपे- ‘फिल्म हेरुन्जेल सँगै बसिन्छ, फर्केर आउँदा एकले अर्कालाई चिन्दैन । समुदायले गर्नै कार्यक्रमहरुमा क्याटरिङ्को काम आफै गर्ने हो, भने समुदायमा मितब्यीता र अपनत्व पैदा गर्दछ र फिल्म हेर्न गएजस्तो हुँदैन।’ दर पकाउने कार्यक्रममा सहभागी मध्येका पूर्ण चन्द्र नेपाल भने निकै खुशि देखिन्थे । उनले भने धरैपछि गाँउ घरमा कसैको विहे वर्तबन्धनको लागि तयारी गरिरहेको आभाष मिल्यो।

चेलिबेटीको नृत्य मोह

डेभनपोर्टको तीज कार्यक्रमा तीजका मौलिक तथ्य आधुनिक गीतमा नेपाली चेलीहरूले लोभ लाग्दो नृत्य गरे । करिब ५ घण्टा दिदी बहिनीहरूको समूहले चरण चरणमा नृत्य प्रदर्शन गरेका थिए । दिदी बहिनी सँगै दाजु भाइहरुपनि तीजको गीतमा छमछमी नाचेका थिए । जसले गर्दा कार्यक्रमको माहौल निकै रमाइलो भएको थियो ।

स्वागतमा सुवास
आयोजकको तर्फबाट आमन्त्रितहरुलाइ स्वागत गर्दै सुवास मिश्रले समुदायमा एकता कायम गरी एक आपसमा आत्मीयता बढाउनु नै तीज कार्यक्रमको उद्देश्य भएको बताए ।  एनआरएनए नारी निकुञ्ज तास्मानियाकी संयोजक प्रनिता राई पन्तले महिलाहरू तीजको कार्यक्रममा खुलेर आए जस्तै आफूहरू माथि हुने सबै प्रकारका हिंसाको बारेमा पनि खुलेर बाहिर आउन आग्रह गरिन्। महिलाहरू सम्बन्धि तास्मानियामा हुने प्राय सबै कार्यक्रममा एनआरएनए नारी निकुञ्ज तास्मानियाको साथ र सहयोग रहने उनको भनाइ थियो । डेभनपोर्टको तीज कार्यक्रम नारी निकुञ्ज तास्मानियाको सहकार्य र ग्लोबल मार्क एजुकेसन एन्ड भिसाको प्रमुख प्रायोजनमा सम्पन्न भएको थियो ।
यसैबीच एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले कार्यक्रमसफलताको शुभकामना दिँदै नेपाली समुदायले गर्नै हरेक कार्यक्रममा सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाए । कार्यक्रममा एनआरएनए तास्मानियाका सचिव लोकेन विष्टको पनि सहभागिता रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6