Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ब्रिजवेनमा बन्दै

‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो ब्रिजवेनमा बन्दै


ब्रिजवेन
लोकप्रिय गायक सुनिल गिरीको गित हाम्रो सम्बन्धको सुटिङ अष्ट्रेलियाको ब्रिजवेनमा भइरहेको छ । दशैं अगाडी सार्वजनिक गर्ने गरि ब्रिजवेन आसपासमा धमाधम सुटिङ भइरहेको छ ।
भिडियोमा मोडल करण गुरुङलाई हिलारी रावलले साथ दिनुभएको छ । भिडियोको कोरियोग्राफीको जिम्मा भने किरण मगरको हातमा परेको छ । भिडियोलाई ब्रिजवेनका उम्दा भिडियोकर्मी सुदिप विष्टले निर्देशन गरिरहनुभएको छ । नेपाली गितलाई अष्ट्रेलियामा सुटिङ गर्नका लागि नोभा एजुकेशन तथा भिषा सर्भिसेसले आर्थिक सहयोग गरेको छ ।
को होला त्यो ? कस्तो यो मन, सुनको चुरा जस्ता लोकप्रिय गित गाइसकेका गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गितलाई अष्ट्रेलियामा निमार्ण गर्ने काम त्यति सजिलो नभएको निर्देशक विष्ट बताउनुहुन्छ । युवा पुस्ताले रुचाउने खालको गित भएकाले अष्ट्रेलियाको जिवनीसंग मेल खाने गरी भिडियो बनाउन लागिएको विष्टले जानकारी दिनुभयो । कलाकार करणले पनि यो भिडियो आफ्ना लागि कमब्याक प्रोजेक्ट भएकाले निकै आशावादी र उत्साही भएको बताउनुभयो । करणले ५ वर्षअघि नै नेपालमा केही म्युजिक भिडियोहरु खेलिसक्नुभएको छ । अर्का कलाकार हिलारीले पनि भिडियो उत्कृष्ट बन्नेमा आशावादी रहेको बताउनुभयो । नेपाली कला, भाषा र संगितलाई उत्थान गर्नका लागि नेपाली म्युजिक भिडियो निर्माणमा सहयोग गरेको नोभाको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6