Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सपर्ट गोर्खा फुटबल कप ब्रिजवेनमा । नेपाली र भुटानी टिम भिड्दै

एक्सपर्ट गोर्खा फुटबल कप ब्रिजवेनमा । नेपाली र भुटानी टिम भिड्दै


ब्रिजेवन
सेप्टेम्बर १९ तारिख आइतबार ब्रिजवेनमा एक्सपर्ट जिएफसि फुटवल कप आयोजना हुने भएको छ । गोर्खा फुटवल क्बलले आयोजना गर्न लागेको कपमा कुइसन्ल्याण्डका ११ वटा नेपाली र एउटा भुटानी गरि १२ टिमले प्रतिष्प्रर्धा गर्दैछन् । खेल ब्रिजवेनको म्यान्सफिल्डको खेल मैदानमा हुन लागेको हो ।

३ वटा टिमको दरले क्लबहरुलाई ४ समुहमा विभाजन गरेर प्रतिष्प्रर्धा गरिने गोर्खा एफसीका सचिव डा. ठुलो गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार पहिलो चरणबाट ८ टिम छनोट भई क्वार्टर फाइनल, नक आउट र सेमी फाइनल हुदै फाइनलमा दुइ टिमले प्रतिष्प्रर्धा गर्नेछ । एकै दिनमा खेल सक्नुपर्ने भएकाले बिहान ८ बजेदेखि ७ बजेसम्मै खेल खेलाईने गुरुङले बताउनुभयो । खेलमा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सन् २०१८ देखि गोर्खा एफसिले हरेक वर्षजसो कपको आयोजना गर्दै आएको छ । यस कपले कुइन्सल्याण्डमा भएका खेलाडी र टिमलाई क्षमता अभिवृद्धी गर्ने मौका दिने तथा एक आपसमा भाइचार बढाउन समेत सहयोग गर्ने गोर्खा एफसिले जनाएको छ । कपमा प्रथम हुनेलाई ३ हजार डलर नगद र शिल्ड उपहार दिइने आयोजकले जनाएको छ । कपको मुख्य प्रयोजकमा एक्सपर्ट एजुकेशन रहेको छ ।
सहभागी टिमहरु यस प्रकार छन् ।

1. Gurkha FC
2. Brisbane Nepalese Football CLUB – BNFC
4. Simrik Football Club Inc.
4. Forever Young Football Club – FYFC
5. Toowoomba Nepalese Football Club
6. Gold Coast Nepalese Football Club
7. Rising Star FC
8. Nova RCS Football Club
9. DANFE Springfield Football Club
10. Buddha FC
11. Nepalese Football Club of Sunshine Coast
12. TEAM BHUTAN



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6