Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा १३३३ जना र भिक्टोरियामा ५५३ जना कोरोना संक्रमित थपिए

न्यु साउथ वेल्समा १३३३ जना र भिक्टोरियामा ५५३ जना कोरोना संक्रमित थपिए


ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १ लाख २० हजार ९५४ जनाको स्वाब परीक्षणमार्फत १ हजार ३३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये २ जना बाहिरी रहेको बताइएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५६ लाख ९३ हजार ९६५ जनाको कोरोना परीक्षण मार्फत ५० हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट न्यु साउथ वेल्समा ६ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म कोरोनाबाट २८४ जनाको मृत्यु भएको छ ।

यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । ६१ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ५५३ जना स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6