Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुईन्सल्याण्डको पिआर आवेदन अझै अनिश्चित । आयो यस्तो सुचना

कुईन्सल्याण्डको पिआर आवेदन अझै अनिश्चित । आयो यस्तो सुचना


ब्रिजवेन/यसअघि कुईन्सल्याण्डले सेप्टेम्बरमा खोल्ने भनेको स्किल भिषा (पिआर) आवेदन केही समय अझै नखुल्ने भएको माईग्रेसनकुईन्सल्याण्डले दिएको जानकारी अनुसार मापदण्ड पेशाहरुको सुचि बनाउनका लागि सरकारले अौद्योगिक क्षेत्रसंग अन्तिम छलफल गर्न बाँकी रहेकाले आवेदन खोल्न ढिला भएको हो

माइग्रेसन कुइन्सल्याण्डले अर्को आवेदन राउण्ड कहिले खुल्छ भनेर एकिन मिति दिन नसक्ने समेत घोषणा गरेको यदपी छलफलकोअन्तिम चरण सकिने बित्तिकै मिति घोषणा गरिने समेत बताईएको राज्यमा सिमित कोटा भएकाले सबै आवेदक पिआरका लागिछनोट हुने ग्यारेन्टी समेत नरहेको जनाईएको आवेदनको मिति कुरिरहेकामध्ये केही समयमै भिषा सकिने व्यक्तिहरुले माईग्रेसनएजेण्ट तथा वकिलमार्फत अर्को विकल्प खोज्न समेत माईग्रेसन कुईन्सल्याण्डले आग्रह गरेको

कुईन्सल्याण्डले स्किल भिषा अन्तगर्त मापदण्ड पुगेका आवेदकलाई १९० र ४९१ भिषा सबक्लासको स्थाई भिषा दिने गर्छ । हाल यहि पढेका तथा अन्यत्र शिक्षा लिएका सयाै नेपालीहरु मापदण्ड पुरा गरेर पिआरको आवेदन खुल्ने मिति कुरिरहेका छन् । समयमा आवेदन नखुल्दा विद्यार्थीहरुलाइ हालको भिषा , अंग्रेजी भाषा तथा नाटीको समय सकिने चिन्तामा थपिएको छ । कुईन्सल्याण्डले वर्षको दई पटक पिआरको आवेदन खोल्ने भएपनि कोभिडको समयमा भने यो क्रम तोडिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6