Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल आइडलले अष्ट्रेलियाका ८ शहर तताउने । कहाँ कहिले हुन्छ कन्सर्ट ? भिडियो सहित

नेपाल आइडलले अष्ट्रेलियाका ८ शहर तताउने । कहाँ कहिले हुन्छ कन्सर्ट ? भिडियो सहित


सिड्नी
नेपाल आइडल सिजन २ का उत्कृष्ट ६ जना प्रतिस्पर्धीले अष्ट्रेलियाका विभिन्न ८ शहरमा सांगितिक प्रस्तुती दिने भएको छ ।
नेपाल आइडलको एक महिने अष्ट्रेलिया सांगितिक यात्राको संयोजन व्रिजवेनमा रहेको माउन्ट ८८४८ इभेन्ट कम्पनीले गरेको हो । स्थानिय शहरमा हुने कन्सर्टहरुको संयोजन गर्ने जिम्मा भने स्थानिय संस्थाहरुले लिएका छन् ।
इभेन्टका प्रमुख अभिमानसिंह बस्नेतका अनुसार आइडलका ६ जना कलाकारहरु २३ जनवरीमा अष्ट्रेलियाको पर्थमा आइपुग्नेछन् ।
नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहने कार्यक्रममा उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिनेछन्।
कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ।

कन्सर्ट हुने समय तालिका

केही दिनको बिश्रामपछि जनवरी २७ तारिखमा पर्थमा नेपाल आइडल सिजन २ का कलाकारहरुको पहिलो कन्सर्ट हुनेछ । त्यसको पर्सी पल्ट आइडलका कलाकारले व्रिजवेन तताउने कार्यक्रम छ । व्रिजवेनबाट कलाकारहरु एडिलेड जानेछन् । एडिलेडमा फेब्रवरी १ मा कन्सर्ट हुदैछ । त्यहाबाट आइडलहरु मेलवर्न आएर फेव्रवरी ३ तारिखमा सांगितिक प्रस्तुती दिनेछन् । मेलवर्नपछि फेव्रवरी ८ मा आइडलले संभवत सबैभन्दा बढी दर्शक हुने सिड्नी तताउनेछन् ।
त्यसपछि कलाकारहरुले फेव्रवरी ९ मा क्यानवेरा र १२ मा टोउम्वामा नेपाली दर्शक झुमाउनेछन् ।
अष्ट्रेलिया यात्राको अन्मित कन्सर्ट भने फेव्रवरी १७ तारिखमा ताजमानियामा हुनेछ ।
नेपाल आइडल सिजन २ का कलाकार अष्ट्रेलियाको सांगितिक प्रस्तुती १० हजार भन्दा बढी दर्शकले प्रत्यक्ष हेर्ने इभेन्टका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिनुभयो । “नेपाली कला संस्कृतिलाई संरक्षण गर्न हामीले आइडल कलाकार ल्याउन लागेका हौ” – बस्नेतले भने – “यसबाट झण्डै ५ लाख डलरको कारोवार समेत हुनेछ”

नेपाल आइडल कन्सर्ट बारे के भन्छन् आयोजक  ? भिडियो रिपोर्ट हेर्नुहोस् –

https://www.facebook.com/NepaltubeAustralia/videos/532394283932251/?__tn__=kC-R&eid=ARDw2ol0sTs8di4dUg44LnQmH9q3XQ1wVH_qAemUpV0dctyhBbzJwTzeNjsq-SPryTcsVabNLcX3Yo2k&hc_ref=ARQHvfYlJFIxZ-QW-DzYwbhI_TY2CPjmIfEP63rDqhZiSAtXZ5KiosakEDNK3w9L0R8&fref=nf&__xts__[0]=68.ARAwTyEHfispXiZIzSrkzyAUjtBfczkutDwt33ahVs1ERvPR1-TgHJYnN9StRSiB0ZRn9Iw5xGsTZ4uhJOafx75MiD0Fn7uvBenVybJXCMuiFDDL6d7QskMqOdS4UY7DOmIvRdMFEElXRLWoPitywX7Bo7Uz4c7kL5BoBWr9MLUHUg6h-AqoPOhAfG5Pbqg3dezqzA77wP00QQ34FBayCyHBDRZW1XDO8_3sA1_43oH4UsljO5_27pe6dmk0sKUwC1ZwlzQdItML-LHhR3txWCWwM7A7XirT2QH8pVhoJiHY9zWhjSG2oj3y9pzFSlJ08riou6n_9hpQrENs8w

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6