Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsडाक्टर केसी हामी तपाइको साथमा छौ – अष्ट्रेलियाका नेपाली (फोटो फिचर)

डाक्टर केसी हामी तपाइको साथमा छौ – अष्ट्रेलियाका नेपाली (फोटो फिचर)


सिड्नी

सिड्नीका नेपालीले असनरत डाक्टर गोबिन्द केसीको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

शनिवार बिहान कोग्रा पार्कमा जम्मा भएका झण्डै ६० जना नेपालीले डाक्टर केसीको समर्थनमा कार्यक्रम गरेका हुन् । ‘डा. केसी हामी तपाईको साथमा छौ’ – लेखिएको तस्बिर बोकेर उनीहरु समर्थनमा उत्रिएका हुन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता डिला खरेलकोे पहलमा समर्थन कार्यक्रम भएको हो ।

नेपालको स्वास्थ्य क्षेत्रलाई माफियाकरणबाट जोगाउन र गरिब जनताको पहुचमा स्वास्थ्य सेवा पुर्याउन डाक्टर केसीको अनसनमा समर्थन गर्नुपर्ने खरेलको भनाई छ ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले डाक्टर केसीको माग गरिब जनताको पक्षमा भएकाले सरकारले यथासक्य पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।नेपाली समाजका अगुवा नारायण प्रधानले प्रवासमा रहर पनि डाक्टर केसीको पक्षमा जुट्न पाउदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार सरल गुरुङले सरकारी अस्पतालमा पाइने निशुल्क औषधीको वितरण सहज नहुनु, एउटै चिकित्सकले हजारौ विरामी हेर्नुपर्ने बाध्यता, दुख गरेर कमाएको धन उपचारमा खर्चेर घर न घाटको स्थितीमा पुग्ने अवस्था सुधार्नका लागि पनि सबैले डाक्टर केसीको समर्थन गर्नुपर्ने धारणा राख्नुभयो ।

चिकित्सा क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसी १७ दिनदेखि आमरण अनसन बसिरहनुभएको छ । तर, डाक्टर केसीकै अनसनका बिच शुक्रबार संसदले चिकित्सा शिक्षा विधयक पारित गरेको छ । आफ्नो सम्झौता विपरीतका प्रावधान घुसाएर विधेयक ल्याइएको भन्दै डाक्टर केसीले अनसन जारी राख्ने बताइसक्नु भएको छ । सरकार आफैंले गठन गरेको आयोगले दिएको सिफारिस र १५ औं सत्याग्रहपछि भएको सम्झौता तोडेर सरकारले विधेयक पास गराएको डाक्टर केसीको दावी छ ।

 

फाेटाे फिचर

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6