Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएसिडले जलेकी संगिताको गासियो लगनगाठो, आत्मबल भए जीवन सकिदैन भन्ने सन्देश

एसिडले जलेकी संगिताको गासियो लगनगाठो, आत्मबल भए जीवन सकिदैन भन्ने सन्देश


ब्रिजवेन /सन् २०१५ मा घर नजिकैको एक युवकबाट एसिड आक्रमणमा परेकी संगिता मगर बैवाहिक सम्बन्धमा बाधिनु भएको छ । संगिताले पाचथरका २४ वर्षीय निश्चल लिम्बुसंग प्रेम विवाह गर्नुभएको हो । नेपालट्युबसंग कुरा गर्दै संगिताले भन्नुभयो -‘एसिडको आक्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’

हाल काठमाडौंकै कुमारी बैंकमा कार्यरत संगिताले निश्चललाई आफ्नी आमाको माध्यमबाट चिन्नुभएको थियो । एक वर्ष जति प्रेममा बसेपछि बिहे गर्ने निर्णय गरेको संगिताले बताउनुभयो । अब दुबै जना मिलेर एसिड आक्रमण बारे जनचेतना जगाउने तथा आफु जस्तै आक्रमणमा घाइते भएका दिदि बहिनीका लागि काम गर्ने योजना रहेको समेत संगिताले बताउनुभयो । सबै हिसाबले साथ दिने र बुझ्ने भएकाले निश्चलसंग बिहे गरेको संगिताको भनाई छ ।

अनुहार लुकाउने संगितासंग सन् २०१६ तिर कान्तिपुर टेलिभिजनका लागि पत्रकार सरल गुरुङले लिएको अन्तरवार्ता

सन् २०१५ फेब्रवरी २२ तारिखका दिन एसएलसीको परिक्षाको पुर्वसन्ध्यामा काठमाडौंको बसन्तपुरमा संगिता र उनकी साथीमाथी एसिड आक्रमण भएको थियो ।
एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो । १६ वर्षको उमेरमा एसिडमा जलेकी संगिताले यसबिचमा संघर्षको निकै ठुलो पहाड चढ्नु भएको छ । एसिडकै रापमा पनि संगिताले परिक्षा दिनुभएको थियो । एसिडबाट घाइते संगिताको काठमाडौं मेडिकल कलेज सिनामंगल र सिमा बस्नेतको वीर अस्पतालमा उपचार भएको थियो ।

सन् २०१६ मा फेसबुक लाइभ मार्फत सिमा र संगिताका लागि सहयोग जुटाउने क्रममा पत्रकार सरल गुरुङ र अभियन्ता सन्तोष ओझा

लामो समयसम्म एसिडको घाउको उपचार गराउदै आउनु भएको थियो संगिताले । लामो समयसम्म अनुहारमा सल बेरेर हिड्ने संगिता केही समयदेखि भने बिस्तारै अनुहार देखाएरै हिड्न थाल्नु भएको छ । संगिताको साहस र आत्मबल धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6