Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया र इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा

अष्ट्रेलिया र इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा


काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि समूह चरणबाट अष्ट्रेलिया र इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेका छन् ।

दोश्रो खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट गर्नुपर्ने वा रोक्नुपर्ने हुन्थ्यो । यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।

शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया सुपर–१२ को समूह–१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिकासँग पराजित भएपनि इंग्ल्याण्ड समुह विजेता बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6