Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले लगायो दक्षिण अफ्रिका सहित ९ देशमाथी यात्रा प्रतिबन्ध, नयाँ भेरियन्टको सन्त्रास

अष्ट्रेलियाले लगायो दक्षिण अफ्रिका सहित ९ देशमाथी यात्रा प्रतिबन्ध, नयाँ भेरियन्टको सन्त्रास


ब्रिजबेन । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अतिसंक्रामक नयाँ भेरियन्ट पहिचान भएसँगै अष्ट्रेलियाले नौँ देशमाथी यात्रा प्रतिबन्ध लगाएको छ ।

दक्षिणी अफ्रिकामा फैलिरहेको नयाँ ओमिक्रोन भाइरसले कोरोनाको सन्त्रास थप बढाइरहँदा अष्ट्रेलियाको संघीय सरकारले यात्रा प्रतिबन्धसहित नयाँ क्वारेन्टाइन नियमहरूको घोषणा गरेको हो। प्रतिवन्ध लगाईएका नौँ मुलुकहरुमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसेथो, इस्वाटीटीद सेशेल्स, मलावी र मोजाम्बिक रहेका छन् ।

कोरोनाको नयाँ संक्रमणबाट बच्न लागू गरिएका नयाँ नियमहरु यस्ता छन्
– ओमिक्रोन पत्ता लागेको नौ देशमा गएका गैर–अष्ट्रेलियालीहरूलाई अस्ट्रेलिया प्रवेश गर्न रोक
– प्रतिबन्धित कुनै पनि देशबाट अष्ट्रेलिया आइपुगेका जो कोही पनि १४ दिन आइसोलेसनमा बस्नुपर्ने
– अष्ट्रेलियाका नागरिकहरू र उनीहरूका आश्रित परिवारका सदस्यहरू १४ दिनअघिसम्म प्रतिबन्धित देशमा गएका छन् भने उनीहरूले दुई हप्ताको सुपरिवेक्षण क्वारेन्टाइनमा प्रवेश गर्नुपर्ने

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले प्रभावित देशहरूमा जाने र आउने उडानहरू स्थगित गरिएको अवस्थालाई मध्यनजर गरेर सबैले जनस्वास्थ्यका नियम पालना गर्न गराउन सचेत गराउनुभएको छ । अन्यथा नयाँ महामारिले प्रवेश पाएमा खराब अवस्थाको सामना गर्नुपर्ने मन्त्री हन्टले चेतावनी दिनुभएको छ ।

के होला डिसेम्बरदेखी सीमा खोल्ने योजना !

कोरोनाविरुद्धको खोप अभियानलाई तिब्रता दिएको अष्ट्रेलियाले विद्यार्थी लगायतका केही निश्चित वर्गलाई लक्षित गरेर डिसेम्बर १ देखी सिमा खोल्ने निर्णय यसअघि नै गरिसकेको छ । नयाँ भेरियन्टको प्रकोपका कारण दक्षिण अफ्रिका लगायतका नौँ देशमा प्रतिबन्ध लगाइरहँदा सिमा खोल्ने अभियान प्रभावित हुने नहुने केही खुलाइएको छैन । यसबारे नयाँ भेरियन्त्रको अवस्थाका आधारमा निर्णय लिइने आँकलन भैरहेको छ ।

बढ्दै नयाँ भेरियन्टको सन्त्रास, यात्रा प्रतिबन्ध बढाइदै
बेलायत, इजरायल लगायत दर्जनौं देशहरूले दक्षिण अफ्रिका र यसका छिमेकी देशहरूसँग जोडिएका आफ्नो सिमाना बन्द गरेका छन्। दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानामा अहिले नयाँ संक्रामक भेरियन्ट पहिचान भएको छ । यो भेरियन्टलाई अहिलेसम्म पहिचान भएको सबैभन्दा कडा भाइरसका रुपचा चित्रण गरिएको छ । यो भेरिअन्टले अहिले कोरोनाविरुद्धको खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भैरहँदा विश्वस्वास्थ्य संगठनको विज्ञ टोलीले अनुसन्धान थालेको छ । Photo: Abc News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6