Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एकैदिन थपिए एक लाख ३० हजार बढी कोरोना संक्रमित, ५३ जनाको मृत्यु

अष्ट्रेलियामा एकैदिन थपिए एक लाख ३० हजार बढी कोरोना संक्रमित, ५३ जनाको मृत्यु

राज्य अनुसार यस्तो छ कोरोना महामारिको अवस्था


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियामा आइतबार एक लाख ३० हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको ज्यान गएको छ ।

कुन राज्यमा कोरोनाको अवस्था कस्तो ?
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्र्समा मात्रै ६३ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट २५ हजार ८० र एन्टिजेन परीक्षण गर्दा ३७ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको न्यु साउथ वेल्स स्वास्थ्य विभागले जानकारि दिएको हो । न्यु साउथ वेल्समा कोरोनाबाट पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा २८ हजार १२८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट १७ हजार ७९१ र एन्टिजेन परीक्षणबाट १० हजार ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । भिक्टोरियामा पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । येसँगै भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५५९ पुगेको छ ।

क्वीन्सल्याण्डमा १७ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १३ हजार ८३० र एन्टिजेन परीक्षणबाट ४ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारिले जानकारि दिएका हुन् । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या दुई लाख ३ हजार ६५७ पुगेको स्वास्थ्य विभागले जानकारि दिएको छ । पछिल्लो २४ घण्टाको अबधीमा क्वीन्सल्याण्ड कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

यता, पछिल्लो २४ घण्टामा तास्मनियामा १ हजार २०१, उत्तरी क्षेत्रमा ५ सय ४६, दक्षिण अष्ट्रेलियामा ५ हजार ६७९ र एसीटीमा १ हजार १२५ जनामा कोरोना संक्रमित पहिचान भएका छन् । खोप अभियानले तिब्रता पाएको अष्ट्रेलियामा ओमिक्रोनको भेरियन्टसँगै कोरोना महामारिले तिब्रता पाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6