Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डमा बाढीले बगाएर दुइको निधन, झरीले अझै जोखिम बढाउन सक्ने

कुइन्सल्याण्डमा बाढीले बगाएर दुइको निधन, झरीले अझै जोखिम बढाउन सक्ने


ब्रिजवेन, हिजोदेखि परेको झरीले दक्षिण पुर्वी कुइन्सल्याण्डको ब्रिजवेन क्षेत्रमा दुइ जनाको ज्यान गएको छ । झरीले निम्त्याएको बाढीमा परि स्टेट इमेजेन्सी सेवा एसइएसका स्वयसेवक तथा अको एक पुरुषको निधन भएको हो । इप्सविचको कोलोना क्षेत्रमा बाढीको पानीमा फसेका स्थानियलाई उद्दार गर्न जाने क्रममा एसइएसका ४ जना सदस्य चढेको गाडीलाई पनि बगाएको थियो ।

अन्य तिन जनालाई भने मोटरबोटको सहयोगमा उद्ददार गरिएको छ । स्वयसेवकको निधनप्रति एसइएसले गहिरो दुख प्रकट गरेको छ ।
त्यस्तै ब्रिजवेनको स्टोन कर्नर क्षेत्रमा पनि बाढीका कारण एक पुरुषको निधन भएको छ । अधिकारीहरुले थप एक दिन यस्तै मौसम जारी रहने भएकाले दक्षिण पुर्वी कुइन्सल्याण्डवासीलाई सचेत रहन आग्रह गरेका छन् । कुइन्सल्याण्डको यस मौसमलाई दशककै सबैभन्दा खराब भनेर उदृत गरिएको छ । मौसम ब्युरोका अनुसार आज पनि भारी वर्षा जारी रहनेछ । ब्युरोका अनुसार ब्रिजवेन क्षेत्रमा प्रति दुइ घण्टामा १ सयदेखि २२० मिलिमिटर पानी परिरहेको छ ।

ब्रिजवेन बाहेक सनसाइनकोष्ट, सिनिक रिम, टोअम्बा, मोरेटन बे तथा गिम्पी क्षेत्रमा आपतकालिन सुचना जारी गरिएको छ । हिजो मात्रै सहयोगका लागि एक हजार भन्दा बढी फोन कल प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।

 


ट्याग : #flood, #queensland, #rain
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6