Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको एक क्याफेलाई २९ हजार डलर जरिवाना

नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको एक क्याफेलाई २९ हजार डलर जरिवाना


होबार्ट/नियमले तोकेको भन्दा कम पारिश्रमिक दिएको भन्दै अष्ट्रेलियाको तास्मानियास्थिते एक क्याफेलाई २९ हजार २ सय डलर जरिवाना भएको छ । उजुरी परेपछि फेयरवर्क अमबुड्सम्यानले होबार्टस्थित सालामाङ्का वार्फ क्याफेविरुद्ध स्थानिय अदालतमा मुद्धा दायर गरेको थियो । त्यसपछि फेडरल सर्किट अदालतले क्याफे संचाकल कम्पनीलाई २२ हजार डलर र दुइ संचालकलाई ३ हजार र ४२ सय डलर जरिवाना तिराउने फैसला गरेको हो ।

जरिवानासंगै अदालतले कामदारलाई सन् २०१८ देखि २०२० सम्म दिएको कम पारिश्रमिकको रकम र सुपरएन्युएसन वापतको रकमसमेत तिर्नका लागि कम्पनीलाई निर्देशन दिएको छ । आफु काम गर्ने क्याफेले नियमले तोकेभन्दा कम पारिश्रमिक दिएको तथा सुपरसमेत जम्मा नगरेको भन्दै फेयरवर्कमा उजुरी परेको थियो । सो समयमा उक्त क्याफेमा एक नेपाली तथा १७ दखि १९ वर्षका अन्य ४ जना काम गर्थे । फेयरवर्कका कार्यवाहक प्रमुख क्रिष्टिन हानाले नियमसंगत काम नगर्ने तथा निर्देशनको वेवास्ता गर्ने व्यवसायलाई अदालतसम्म लगिने तथा तिर्न बाकी रकम पनि भुक्तानी गराइछाड्ने बताउनुभयो ।

नियमसंगत काम नगर्ने व्यवसाय विरुद्ध कानुनी कारवाही गरि कामदारले पाउने सेवा सुविधा दिलाउन फेयरवर्क सधै तयार गरेको समेत हानाले बताउनुभयो । कामको सेवा सुविधा बारे केही गुनासा भए निशुल्क सल्लाह र सहायताका लागि फेयरबर्कमा सम्पर्क गर्न समेत हानाले सबैलाई अपिल गर्नुभएको छ ।

Employers and employees can visit www.fairwork.gov.auor call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6