Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको एक रेष्टुरेन्ट कारवार्हीमा, ४२ हजार डलर जरिवाना

नेपाली कामदारलाई कम पारिश्रमिक दिने अष्ट्रेलियाको एक रेष्टुरेन्ट कारवार्हीमा, ४२ हजार डलर जरिवाना


तास्मानिया/ नेपाली लगायत कामदारलाई निकै कम पारिश्रमिक दिएको पुष्टी भएपछि अष्ट्रेलियाको होबार्टमा रहेको एक रेष्टुरेन्टलाई ४२ हजार ३ सय ३६ डलर जरिवाना भएको छ ।
फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा सुनुवाइ गर्दै संघिय सर्किट अदालतल होबार्टको ह्यारिङटन स्ट्रिटमा रहेको लिटल इन्डिया नामक टेकवे रेष्टुुरेन्टलाई जरिवाना सुनाएको हो । फेयरवर्क अम्बुडस्म्यानले नेपालट्युबलाई उपलब्ध गराएको प्रेस विज्ञप्तीका अनुसार पारिवारिक ट्रस्टमार्फत संचालित यो रेष्टुरेन्टले कामदारलाई घण्टाको १० डलर मात्रै पारिश्रमिक दिदै आएको थियो । कानुनले तोकेको न्युनतम पारिश्रमिक नदिएको भन्दै यो गुनासो फेयरवर्कसम्म पुगेको हो । फेयरवर्कको अनुसन्धानले सन् २०१७ देखि १९ को बिचमा यो रेष्टुरेन्टले कामदारलाई कम पारिश्रमिक दिएर काममा लगाएको भेटिएको थियो । यो रेष्टुरेन्टले १७ जनालाई कामदारलाई ६३ हजार डलर भन्दा बढी रकम नदिएको विज्ञप्तीमा उल्लेख छ । कम पारिश्रमिक पाउने कामदारहरुमा नेपाली, भारतिय र स्थानियहरु छन् ।
फैसला सुनाउदै उपप्रधान न्यायधिश प्याट्रिजिया मक्र्युुरीले अरुलाई पनि यस्तो कार्य गर्नबाट रोक्न एउटा स्तर निमार्ण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
फेयरवर्कका प्रमुख स्याण्ड्रा पार्करले रेष्टुरेन्ट, क्याफे र फाष्टफुड क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो । ‘आप्रवासी र कम उमेरका कामदारमाथी श्रम शोषण हुन सक्ने डर बारे हामी जानकार छौ’- पार्करले भन्नुभयो -‘उनीहरुको काम सम्बन्धी अधिकार रक्षाका लागि कारवार्ही गर्न हिच्किचाहट हुदैन ।’ पार्करले कामदारहरुलाई काम सम्बन्धी कुनै समस्या परे निशुल्क परामर्श र सहयोगका लागि फेयरवर्कमा सम्पर्क गर्न अनुरोध गर्नुुभयो ।
केही दिन अघि पनि फेयवर्कले तास्मानियाकै अर्को एक क्याफेलाई पनि यहि कसुरमा जरिवाना दिलाएको थियो । सो समाचार पढ्नुहोस् 

Employers and employees can visit www.fairwork.gov.auor call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6